टप खबर

राष्ट्रपति विद्यादेवी भण्डारीको कदम संविधानमाथिको अपमान: गठबन्धन

Lumbinikhabar Online

सत्ता गठबन्धनको बैठकले नागरिकता विधेयक प्रमाणीकरण नगर्ने राष्ट्रपति विद्यादेवी भण्डारीको कदम संविधानमाथिको अपमान भएको निष्कर्ष निकालेको छ।प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बिहान बसेको गठबन्धनका शीर्ष नेताको बैठकले राष्ट्रपतिको कदम असंवैधानिक ठहर गर्दै पाँच दलका तर्फबाट संयुक्त विज्ञप्ति जारी गर्ने निर्णयसमेत गरेको छ।

संविधान कार्यान्वयन हुने संस्थाबाटै संविधानकै अपमान भएको गठबन्धनको ठहर छ। राष्ट्रपतिको कदमप्रति दलहरूको संयुक्त धारणा केही समयपछि विज्ञप्तिमार्फत सार्वजनिक हुने जनाइएको छ। माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले राष्ट्रपतिको कदमबारे गठबन्धनको धारणा सार्वजनिक गर्न विज्ञप्ति ड्राफ्ट भइरहेको बताएका छन् ।

Tags

छुटाउनु भयो कि ?