भारतीय हास्य कलाकार राजु श्रीवास्तवको ५८ वर्षको उमेरमा निधन भएको छ । हृदयघातका कारण दिल्लीको ‘अल इन्डिया इन्स्टिच्यूट अफ मेडिकल साइन्स’मा अगस्ट १० भर्ना भएका श्रीवास्तवको उपचारकै क्रममा निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । उनलाई व्यायामका क्रममा हृदयघात भएको थियो । ‘उहाँ ट्रेडमिलमा आफ्नो दैनिक व्यायाम गर्दै हुनुहुन्थ्यो । त्यही क्रममा लड्नुभयो । उति नै बेला हृदयघात भयो अनि तुरुन्तै अस्पताल ल्यायौं,’श्रीवास्तवका एक आफन्तले भारतीय समाचार संस्था पीटीआईसँग भनेका छन् ।
ONS Times Pvt. Ltd.
Gaushala, Ktm, Nepal
+977-9803127375 - +977-9851177880
onstimes@gmail.com
- प्रकाशक/सम्पादक : Regd No. 240110-075/076
- कार्यकारी निर्देशक : प्रकाश पुरी
- प्रधान सम्पादक : सुमित रजक
- सञ्चार रजिस्ट्रार को कार्यालय , बागमती प्रदेश : ०००४२-७५/७६