साफ महिला च्याम्पियनसिप फुटबल प्रतियोगिताको छैटौँ उपाधि बंगलादेशले उचाल्न सफल भएको छ । सोमबार त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा फाइनल खेलमा नेपाललाई ३–१ गोलले हराउँदै उपाधि उचाल्न सफल भएको हो । खेलको पहिलो हाफमा बङ्लादेशका लागि सामसुनाहरले खेलको १३ मिनेटमा गोल गरिन् भने श्रीमोती कृष्णरानी सरकारले खेलको ४१ मिनेटमा गोल गरिन् । पछि पुनः सरकारले थप एक गोल गर्दै खेललाई फराकिलो बनाइन् ।दोस्रो हाफको ७९ औँ मिनेटमा नेपालका अनिता बस्नेतले १ गोल गरिन् ।
ONS Times Pvt. Ltd.
Gaushala, Ktm, Nepal
+977-9803127375 - +977-9851177880
onstimes@gmail.com
- प्रकाशक/सम्पादक : Regd No. 240110-075/076
- कार्यकारी निर्देशक : प्रकाश पुरी
- प्रधान सम्पादक : सुमित रजक
- सञ्चार रजिस्ट्रार को कार्यालय , बागमती प्रदेश : ०००४२-७५/७६