कार्यक्रम

‘राष्ट्रिय व्यक्तित्व सम्मान तथा विविध सांस्कृतिक कार्यक्रम २०७९’ भव्य रुपमा सम्पन्न

Lumbinikhabar Online

राजधानीमा ‘राष्ट्रिय व्यक्तित्व सम्मान तथा विविध सांस्कृतिक कार्यक्रम’को आयोजना भएको छ ।
मनोरन्जनको हरेक विधाका कार्यक्रमहरु, म्युजिक, भिडियो, सांस्कृतिक कार्यक्रम, चलचित्र निर्माण साथै कला साहित्य, भाषा लगायत विभिन्न विधाको प्रर्वद्धन र विकासका लागि काम गर्दै आएको एभरग्रीन वल्र्डवाइड ईन्टरटेनमेन्टको दशौं वर्ष प्रवेशको अवसरमा आयोजित संस्थाको वार्षिकोत्सव पारेर ‘राष्ट्रिय व्यक्तित्व सम्मान तथा विविध सांस्कृतिक कार्यक्रम २०७९’ भव्य रुपमा सम्पन्न भएको हो । चलचित्र विकास बोर्डको हलमा सम्पन्न आयोजित कार्यक्रममा प्राज्ञ तथा विशिष्ठ चलचित्रकर्मी निर शाह प्रमुख अतिथी तथा चलचित्र विकास बोर्डका अध्यक्ष एवं अभिनेता भुवन केसी विशिष्ठ अतिथी रहेका थिए भने, नेपाल चलचित्र कलाकार संघका अध्यक्ष रविन्द्र खड्का, विशिष्ठ चलचित्रकर्मी मोहन निरौला, नेपाल चलचित्र निर्माता संघका अध्यक्ष नवल खड्का,चलचित्र विकास बोर्डका निवर्तमान अध्यक्ष दयाराम दाहाल, विशिष्ठ नृत्य निर्देशक राजु शाह, तथा विशिष्ठ अभिनेता धिरेन शाक्य विशेष अतिथी रहेका थिए ।
विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरुलाई सम्मान कार्यक्रम समेत राखिएको थियो । उक्त समारोहमा ख्याती प्राप्त कलाकार, खेलाडी, पत्रकार, व्यवसायी, समाजसेवी, सौन्दर्यविद, प्राविधिकहरुलाई सम्मान गरिएको थियो ।

सम्मानित हुनेमा विभिन्न क्षेत्रका बिजयरत्न तुलाधर, राजकुमार क्षेत्री, ओम जैसी, गोपालकाजी कायस्थ, सुदर्शन प्रसाद आचार्य, लव बहादुर कार्की, राजेन्द्र लुइटेल(राज), नानी काजी डंगोल(नागे), रामेश्वर जंग के.सी, जीवन थापा, पवन प्रसाद खतिवडा (बाबा), रामेश्वर बुर्लाकोटी, उद्धव प्रसाद भट्टराई , चेत बहादुर सिंह (राजा), शीतल के.सी, बाबुराम अर्याल (श्रीदेब बि.एल), राजेश महर्जन, सुनिल कटुवाल, रोहित तामाङ(रुम्बा), पुण्य प्रसाद पाण्डे (प्रेम), श्रीदेव भट्टराई, गजित बिष्ट, सविन श्रेष्ठ, अनु शाह, माधवराज खरेल, कृष्ण गोपाल श्रेष्ठ, पार्वती श्रेष्ठ, भुवन प्रसाद श्रेष्ठ, मिलन राई, तिल बहादुर कार्की, युमिशा पाण्डे(उमेश), रमेश अधिकारी, तेज कुमारी खतिवडा(तेजुला), संजोग राणा, निराजन प्रधान, राजेश बादे, मदन दवाडी, गुणराज राजभण्डारी, मनिषा जि.सी, चिरन्जीवी गुरागाँइ, केशवप्रसाद अर्याल, प्रमिला राई, कृष्ण भट्टराई, रामकृष्ण श्रेष्ठ, सोनितराज ढुङ्गेल, उर्मिला पन्त (भण्डारी), संदिप भुजेल, अन्जु गिरी क्षेत्री, हरिप्रसाद अधिकारी, दिपु खड्का, ममता प्रधान, अर्जुन भट्टराई, मदन पौडेल, दिपेन्द्रराज विश्वकर्मा, अश्विनी कान्त झा, भानुभक्त ढकाल, भरत पोखरेल, विश्वमणी खनाल(पोखरेली फिस्टे), नमुना दाहाल, दिन्सन शाह, सुर्यबहादुर रासकोटी(हरि ठकुरी), शीवदेव पाण्डे, राजिव हिमाशीव, चोपनिधी (अरुण)रिजाल, गणेशमल्ल ठकुरी, निशा राई, फुसार्ङ लामा तामाङ, हरि लामिछाने, विक्रम खड्का लगायत रहेका थिए ।

कार्यक्रम आयोजक संस्थाका अध्यक्ष तथा कलाकार गोपाल ढकाल छन्देले कार्यक्रमको उद्देश्यमाथी प्रकाश पार्दै संस्थाले हरेक वर्ष आफ्नो वार्षिकोत्सवको अवसर पारेर गरिने यस्ता कार्यक्रमलाई निरन्तरता दिदै आगामी दिनमा थप व्यबस्थित, भव्य र सभ्य बनाईने जानकारी दिदै कार्यक्रम सफल बनाउन साथ सहयोग गर्ने सबैलाई धन्यवाद दिएका थिए ।
यसै गरि कार्यक्रमका प्रमुख अतिथी निर शाहले एक कलाकारले यसरी सवैलाई समेटेर यस किसिमका भव्य कार्यक्रम गर्नु सवै कलाकारको गौरवको विषय भएको कुरा बताए भने विशिष्ठ अतिथी भुवन केसीले कार्यक्रमको सफलता र संस्थाको प्रगतिको कामना गरे । अर्का वक्ता तथा नेपाल चलचित्र कलाकार संघका अध्यक्ष रविन्द्र खड्काले देशले गर्नु पर्ने काम कलाकारले गरेको र कलाकार संघका सदस्य समेत भएकाले सम्पुर्ण कलाकार र संघले समेत यस कार्यक्रम प्रति गर्व गर्नु पर्ने कुरा बताए ।
कार्यक्रममा धिरेन शाक्य अभिनित ‘नियालेर हेरु’ बोलको म्यूजिक भिडियो सार्वजनिक गरिएको थियो । विविध सांस्कृतिक कार्यक्रम समेत गरिएको उक्त समारोहमा गायक कृष्ण भट्टराई, रोजी डंगोल श्रेष्ठ, खुश्बु विष्ट, प्रान्जल खतिवडा,सन्दिप भुजेलले आकर्षक प्रस्तुती दिएका थिए ।
लाईफ ओके टेलिभिजन र एभरेष्ट टेलिभिजन, क्यानडाबाट प्रत्यक्ष प्रसारण गरिएको कार्यक्रमको अफिसियल फोटोग्राफर बद्रि थापा हुन ।
चलचित्र विकास बोर्ड विशेष सहयोगी रहेको उक्त कार्यक्रममा एभरेष्ट हस्पिटल ओम समाज डेन्टल हस्पिटल, नेपाल व्यायाम मन्दिर, सक्षम ज्वेलर्स, अवतार ज्वेलर्स, कान्तिपुर मल,लाईफ फुड एण्ड वेभरेज, हनि बि क्याफे,राज सिने आर्ट, काठमाडौं वल्र्ड स्कूल,अप्लाई ग्लोवल एजुकेशन कन्सल्टेन्सी, मनास्लु वल्र्ड कलेज, नयां बजार डिभाईन फिजिकल फिटनेश सेन्टर,जस्मिन फिल्मस्,टेक ग्लोबल ग्रुप,डोरी रेष्टुरेन्ट, माहेक फेशन एण्ड डिजाईन, वुद्ध दृष्टि फिल्मस् राष्ट्र खबरले सपोर्ट एवं स्पोन्सर्ड गरेका थिए ।
कार्यक्रम व्यवस्थापन गर्न सहयोगी भूमिका खेल्ने राजन थापा, सिक्रिता वस्ती ढकाल, कमला कुमारी जोशी, प्रज्ञा ढुंगाना, हिरा कुुमाल, दिपक बाटे, सुर्यकला आचार्य,स्नेहा मगर, हर्कमान वाईबा रिदम, अमृत सागर लगायतलाई कदर पत्र प्रदान गरिएको थियो । अतिथीहरुको बाक्लो उपस्थिती रहेको कारण कार्यक्रम हल खचाखच भरिएको थियो भने कार्यक्रमको संचालन संचारकर्मी सरोज कोईरालाले गरेका थिए ।

Tags

छुटाउनु भयो कि ?