राष्ट्रिय प्रजातन्त्र पार्टी ( राप्रपा )का युवा नेता विनय रावलले बर्दियालीको जनताको जीवन स्तरलाई उचाईमा पुर्याउन आफू कटिबद्ध रहेको बताएका छन् ।
आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभाको निर्वाचनको लागि बर्दिया–२ बाट चुनाव लड्ने तयारीमा रहेका नेता रावलले यस्तो बताएका हुन् । जनताको सेवालाई नै आफ्नो मुख्य धर्म सम्झिने नेता रावलले लामो समय देखि बर्दिया र बर्दियली जनताको पक्षमा काम गर्दै आएका छन् । सामान्य भुँइ मान्छेको दु:ख पिडालाइ समेत आफ्नै पीडा सम्झिने र उनिहरुको सेवामा दिलो ज्यान दियर लाग्ने नेता रावल बर्दियाली जनताको प्रिय् नेता समेत हुन् । बालक देखि वृद्ध सम्म सबैको मनमनमा बस्न सफल नेता रावलले सबै जाती भाषा र सँस्कृतिलाइ उत्तिकै जोड दिने गरेका छन् । दलित तथा पिछडिएका वर्गहरुको सम्मान गर्दै आदिवासी र जनजातिका सवालमा समेत आवाज उठाउदै आएका नेता रावलले आफ्नै निजी लगानी बाट थुप्रै सामाजिक कार्यहरू गरेको पाइएको छ ।
धेरैजसो गरिब जनताहरु संग नजिक रहने गरेका नेता रावलले उनिहरुको समस्यालाई सामाधान गर्नका लागि लाखौं आर्थिक सहयोग गरेक छन । रोग भोग र सोकले ग्रसित समाजका गरिब जनताहरुको सेवामा अहोरात्र खटिने नेता रावलले अपांगको लागि ह्विलचियर देखि लियर आवास निर्माण गरिदिने सम्मका कामहरू गर्ने गरेको पाइएको छ ।
सडक, विद्युत , खानेपानी देखि लियर बाटो घाटो निर्माण गर्नुका साथै स्वास्थ र शिक्षा क्षेत्रको विकासका लागि समेत आर्थिक सहयोग गर्ने गरेका नेता रावलले वेशसहारा तथा दीनहिन वृद्धवृद्धा तथा अनाथ बालबालिकाहरुको लागि आश्रम निर्माणमा सहयोग तथा उनिहरुको खानपान र शिक्षादीक्षामा समेत हेरविचार गर्दै आएका छन् ।
यस्तै,विभिन्न धार्मिक तथा सँस्कृतिक स्थलहरुको संरक्षण गर्नका लागि सहयोगिको रुपमा रहने गरेका नेता रावलले खेलकुद तथा कृषि क्षेत्रको विकासमा पनि उत्तिकै ध्यान दिने गरेको पाइन्छ । सामाजिक हितको लागि चिन्तित रहने नेता रावलले आफुलाइ बर्दियाका जनताले सार्वजनिक पद धारण गरेको देख्न चाहेकाले आगामी चुनावका लागि उम्मेदवारी दिएको बताए ।
व्यक्तिगत रुपमा थुप्रै काम गरिसकेका नेता रावलले अब सरकारी तवर बाटै उक्त क्षेत्रको विकासमा जोड दिने अभिप्रायले आफू लागिपरेको स्पष्ट पारे । पहिलेका जनप्रतिनिधिहरुले थुप्रै आश्वासन देखाएर चुनावी फाइदा उठाउदै आफ्नो दुनो सोझाउन तिर लाग्दा जनस्तरमा कुनै परिवर्तन आउन नसकेको भन्दै दु:ख व्यक्त गरे ।
विकासप्रेमी र समाजसेवी नेतृत्वको खोजिमा भौतारिरहेका जनताको व्यवस्थापन गर्न आफूले निर्वाचन लड्न बाध्य भएको बताउदै नेता रावलले भने , ” बर्दिया र बर्दियाली जनताको लागि कुन नेताले यती काम गरेर देखाएको छ मलाई देखाइदिनुस् ? अब तँपाइ आँफै सोच्नुस् बर्दियाको बिकास र बर्दियालीहरूको जीवन शैलीलाई उच्च बनाउछु भनेर सोँचे र अग्रजहरूले दिएको सुझावलाई आत्मसाथ गरेर निर्वाचनमा होमिएको छु । अब एक पटक बर्दियाले मलाई पर्खनु पर्छ । ५ वर्षको अबधीमा मैले बर्दियाको बिकास गर्न सकेन भने त्यती बेला म राजनीतिबाट सन्यास लिन पनि तयार छु ।
उनले थपे , ” मैले बर्दियाको विकासको कुरा गर्दा मलाई धेरैले सामाजिक संजालमा गाली गर्छन् । मैले त्यस्तो कुन चाँहीँ अपराध गरेँ । के बर्दियालीको जीवन स्तरलाई ५ वर्षमा एउटा निश्चित उचाइमा पुगाउँछु भन्नु अपराध हो ? के बेटर एण्ड ब्राइटर बर्दियाको सपनालाई साकार गर्न दिनरात नभनी लाग्नु मेरो अपराध हो ? यदी यो अपराध हो भने म यो अपराध गरिरहन्छु, निरन्तर गरिरहन्छु, शुन्यमा नबिलाउँदा सम्म यो अपराध मैले गर्नेछु ।”
खोक्रा भाषण भन्दा पनि जनताको घरदैलोमा पुगेर उनिहरुको दुख पीडा संग मितेरी गाँस्दै अघि बढ्ने उनको भनाइ छ । कुरा भन्दा पनि काम गरेर देखाउने व्यक्तिको रुपमा छवि बनाएका नेता रावलले विगतका दिनहरुमा पनि बर्दियाको विकासका लागि थुप्रै काम गरेको देखिन्छ ।