News in Nepali

प्राज्ञिक द्वारा दुर्गम हिमाली जिल्लाका ६० विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

Lumbinikhabar Online

मुस्ताङ्ग जिल्ला जोमसोमस्थित जनहित मा विमा प्राज्ञिक विद्यार्थी परिषद् नेपालद्वले शैक्षिक सामग्री वितरण गरेको छ ।

बिहीबार जाेमसाेम स्थित रहेकाे जनहित मा.विकाे पाङग्रणमा एक विशेष वितरण कार्यक्रम गरी त्यस विद्यालयमा अध्ययनरत ६० जना विद्यार्थीहरूलाई उक्त शैक्षिक सामाग्री वितरण गरिएको वितरण गर्न जानू भएका विद्यार्थी परिषद्का राष्ट्रिय सह संगठन सचिव रमेश कण्डेलज्यूले जानकारी दिएका छन् ।

वितरण कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जयन्द्र थकाली, विद्यार्थी परिषद्का राष्ट्रिय सह संगठन सचिव रमेश कण्डेल, विद्यालयका प्राचार्य रामचन्द्र अधिकारी विद्यार्थी परिषद् मुस्ताङ्ग जिल्ला अध्यक्ष लक्ष्मण ढकाल, जोमसोम नगर संयोजक रोशनी ल्वागुण एवं विद्यालयका शिक्षकहरू तथा विद्यार्थीहरूको विशेष उपस्थिति रहेकाे रमेश कण्डेलजी बताउनु भएको थियोे ।

विद्यार्थी परिषद्ले विद्यार्थीहरूलाई व्याग, कपि, टाेपी, रेपिडिक्स बुक्स, जाेमेट्रिक्स बक्स र विद्यालयलाई नेपाली बृहत् शब्दकाे र अङ्ग्रेजी शब्दकाेष, किताब पनि वितरण गरेकाे छ । परिषद्ले एक महिनादेखि ११ वटा हिमाली जिल्लाहरूका १८१० जना विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गर्ने उदेश्यका साथ निरन्तर वितरण गरिरहेकाे र अहिले सम्म ७ वटा जिल्लाका १० वटा भन्दा बढी विद्यालयका १२ सय भन्दाबढी विद्यार्थीहरूलाई उक्त शैक्षिक सामाग्री वितरण गरिसकेकाे परिषद् परिषद् जनाएको छ ।

Tags

छुटाउनु भयो कि ?