नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूप्रति बेइमानी गरेको बताएका छन् । आज चितवनमा माओवादी नेता यमबहादुर परियारलाई एमालेमा प्रवेश गराउने क्रममा ओलीले प्रचण्डको चर्को आलोचना गरेका हुन् । विगतमा दुवै पार्टीबीच एकता भएको समयको प्रसंग निकाल्दै आफूले अँगालो हाल्दा प्रचण्डले छुरी रोपेको ओलीले बताए ।
उनले भने, ‘मैले प्रचण्डलाई एकीकृत बलियो वामपन्थी पार्टी बनाएर अघि बढौँ भन्दै अध्यक्ष बनाएँ । मेरै सिटको छेउमा राखेको थिएँ । प्रचण्डसँग मैले हात मिलाउँदा पनि हात लुकाईलुकाई हिँड्थे । मैले अँगालो हाल्दा उनले ग्वाम्मै छुरी रोपेँ । म पार्टी एकताकै पक्षमा हुन्थेँ, तरप्रचण्ड मलाई साधारण सदस्यबाटै निकाल्नेसम्म पुगे ।’उनले आफूले प्रचण्डमाथि गुन लगाएर ठूलो पार्टीको अध्यक्ष बनाएको तर प्रचण्डले उल्टै बेइमानी गरेर पार्टी समेत भष्म पारेको आरोप लगाए । उनले तत्कालीन नेकपा विघटनपछि माओवादीका केही मुख्य नेता एमालेमै रहेको बताउँदै प्रचण्डले आफ्नो समूह मात्र लगेको माओवादी केन्द्र भन्ने गरेको भन्दै गिल्ला समेत गरे ।