News in Nepali

विद्यार्थीसँग देशकाे इतिहास, संस्कृति र आध्यात्मिक ज्ञान हुनुपर्छ: नारायण प्रसाद ढकाल

Lumbinikhabar Online

प्राज्ञिक विद्यार्थी परिषद् , नेपालका राष्ट्रिय संगठन सचिव नारायण प्रसाद ढकालले आजका विद्यार्थीहरूसँग देशकाे इतिहास, संस्कृति र आध्यात्मिक ज्ञान हुनु अति आवश्यक रहेकाे बताउनु भएको छ ।
सुदुरपश्चिम एकेडेमी धनगढीद्वारा कलेजका विद्यार्थीहरूमा ज्ञान चरित्र र अध्यात्मिक शिक्षा दिने उद्देश्यलेका साथा आयाेजना गरिएकाे youth for spiritual कार्यक्रमलाई सम्वाेधन गर्दै ढकालज्युले विद्यार्थी भनेकाे याे राष्ट्रकाे शक्ति भएकाेेले उनिहरूमा अशल, चरित्रवान र गतिशील, ईतिहास, संस्कार संस्कृति र सभ्यताकाे ज्ञान हुन आवश्यक गरेकाे बताएका हुन ।

उहाँले विद्यार्थीहरूमा साेही ज्ञान भर्नका लागि शिक्षणसंस्था र समाजमा रहेका सबै तह र तप्काले प्रयासगर्न पनि आवश्यक रहेकाे बताउनु भएको थियोे । उहाँले युवाहरू पनि नेपाल आमाका छाेराछाेरी भएकाले राष्ट्र निर्माणमा उनिहरूकाे ठुलाे भूमिका रहेकाे रल साेही जिम्मेवारी वाेध गर्नु आवश्यक रहेकाे प्रष्ट पार्नु भएको थियोे ।
करिव ५०० जना भन्दा बढी विद्यार्थी र धनगढीका अन्य नागरिकहरूकाे सहभागिता रहेकाे उक्त कार्यक्रममा वरिष्ठ चिकित्सक एवम सामाजिक अभियन्ता डा जे पी अग्रवाल , मानव सेवा आश्रमका श्री क्षमा वाईजी, श्री उत्तम गिरिले पनि सम्वाेधन गर्नुभएकाे थियाे, कार्यक्रममा SPA कलेजका क्याम्पस प्रमुख श्री याेगराज गाैतम समन्वय र विद्यार्थी नमिता हमालकाे संयाेजकत्वमा सम्पन भएकाे थियाे।

सुन्दुरपश्चिमी एकेडेमीले समय समयमा विद्यार्थीहरूकाे बाैद्विक विकास, सीप विकास र विद्यार्थीलाई आध्यात्मसँग जाेडने विभिन्न किसिमका रचनात्मक कार्यक्रमहरू संचालन गर्दै आइरहेको छ ।

Tags

छुटाउनु भयो कि ?