क्रिकेटर सन्दीप लामिछानेलाई अध्यागमन विभागले कालोसूचीमा राखेको छ । एक नाबालिकाले उनीविरुद्ध बलात्कारको आरोपमा जाहेरी दिएपछि अध्यागमनले कालोसूचीमा राखेको हो । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान समेत रहेका लामिछानेविरुद्ध एक १७ वर्षीया नाबालिकामाथि बलात्कार गरेको आरोप लागेको छ । उनी हाल क्रिकेट खेलकै दौरान देशबाहिर रहेकाले अध्यागमनले नेपाल आउनासाथ पक्राउ गर्नेगरी कालो सूचीमा राखेको जनाइएको छ । सन्दीपले आफूमाथि लागेको आरोप अस्वीकार गरे पनि नेपाल क्रिकेट संघले समेत उनलाई निलम्बन गरिसकेको छ । साथै उनलाई थप अनुसन्धानका लागि पक्राउ गर्न काठमाडौँ जिल्ला अदालतले अनुमतिसमेत दिइसकेको छ । सोही अनुसार प्रहरीले उनी देश भित्रिनेबित्तिकै पक्राउ गर्ने तयारी गरिरहेको छ ।
ONS Times Pvt. Ltd.
Gaushala, Ktm, Nepal
+977-9803127375 - +977-9851177880
onstimes@gmail.com
- प्रकाशक/सम्पादक : Regd No. 240110-075/076
- कार्यकारी निर्देशक : प्रकाश पुरी
- प्रधान सम्पादक : सुमित रजक
- सञ्चार रजिस्ट्रार को कार्यालय , बागमती प्रदेश : ०००४२-७५/७६