बलात्कार आरोपित सन्दीप लामिछानेले आफू पूर्ण निर्दोश रहेको दावी गरेका छन् । उनले सामाजिक संजाल फेसबुकमा स्टाटस लेख्दै आफू निर्दोश रहेको र मुलुकको कानूनको सम्मान गर्ने बताएका छन् । आफूले क्यारेवियन लिगबाट बिदा लिइसकेको र निराधार आरोपको समाना गर्न केही दिनमै नेपाल फर्किने उल्लेख गरेका छन् ।कानूनले निर्दोष र सही छानबिन गर्ने पूर्ण आशा राख्ने अपेक्षासमेत राखेका छन् । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रहेकै बेला उनलाई क्यारेवियन लिग खेल्न जानु अघि आफूलाई ललाइ फकाइ गरि बलात्कार गरेको भन्दै एक नाबालिगले प्रहरीमा उजुरी दिएकी छन् । हाल उनी क्याप्टेबाट निलम्बित भइसका छन् । प्रहरीले सन्दीपका लागि पक्राउ पूर्जीसमेत जारी गरिसकेको छ ।
ONS Times Pvt. Ltd.
Gaushala, Ktm, Nepal
+977-9803127375 - +977-9851177880
onstimes@gmail.com
- प्रकाशक/सम्पादक : Regd No. 240110-075/076
- कार्यकारी निर्देशक : प्रकाश पुरी
- प्रधान सम्पादक : सुमित रजक
- सञ्चार रजिस्ट्रार को कार्यालय , बागमती प्रदेश : ०००४२-७५/७६