टप खबर

संसदको आयु लम्ब्याउने तर्फ जान हुँदैन : प्रचन्ड

Lumbinikhabar Online

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले संसदको आयु लम्ब्याउनेतर्फ जान नहुने बताएका छन् । मंगलबार धनगढी विमानस्थलमा सञ्चारकर्मीहरुले राखेको प्रश्नको जवाफ दिँदै उनले यस्तो बताएका हुन् ।

अध्यक्ष दाहालले संसदको आयु लम्ब्याउने कुरा आजै संसदबाट फिर्ता हुने बताए । उनले प्रमुख सचेतकहरुले केही प्राविधिक समस्याका काकरण यस्तो सोचेको भएपनि संसदको आयु लम्ब्याउने दिशामा गठबन्धन नरहेको स्पष्ट पारे । उनले मंसिर ४ गतेको चुनावका लागि मनोनयनपछि संसद नरहने बताए ।

उनले भने, ‘संशोधन गइरहेको छ, आयु लम्ब्याउनेतिर जानु हुँदैन भन्ने हामी गठबन्धनले छलफल गरिसकेको छ । मंसिर ४ गते चुनाव हुन्छ, मनोनयनपछि संसद रहँदैन । त्यसमा दुविधा छैन, बीचमा केही टेक्निकल कारणले समय लम्ब्याउने कि भन्ने संसदभित्र प्रमुख सचेतकहरुले त्यो सोच्नुभएको रहेछ । सायद आज नै केही समय थप्ने की भन्नेकुरा फिर्ता हुन्छ ।’

Tags

छुटाउनु भयो कि ?