टप खबर

शेयर बजार मा निरन्तर गिरावट

Lumbinikhabar Online

सेयर बजारमा गिरावट कायमै छ। बिहीबार नेप्से १.०८ अंकले  घटेर १९२७.२९ विन्‍दुमा पुगेको छ। सेन्सेटिभ इण्डेक्स ०.६६ प्रतिशतले ओरालो लागेको छ। बुधबार नेप्से २१ अंकले घटेको थियो। सो दिन  १ अर्ब १२ करोड ६२ लाख  ४७ हजार ८६२ रुपैयाँको सेयर कारोबार भएको थियो।

आज सेयर कारोबार रकम बुधबारको तुलनामा सामान्य बढेको छ। १ अर्ब ३८ करोड ३४ लाख ६२ हजार १६२ रुपैयाँको सेयर कारोबार भयो। २२५ कम्पनीको ३९ लाख ५५ हजार ८८६ कित्ता सेयर खरिदबिक्री भयो। सामान्य अंकले घटेको सेयर बजारमा दुई कम्पनीको मूल्यमा सकारात्मक सर्किट लागेको छ। हिमालय एभरेस्ट इन्स्योरेन्स र हिमालयन एभरेस्ट इन्स्योरेन्स (प्रमोटर) को सेयर मूल्य १० प्रतिशतले बढेको हो। कारोबारमा आएका १३ समूहमध्ये ७ को सूचक बढ्यो भने ६ को घट्यो। फाइनान्स समूहको सूचक सर्वाधिक १.३१ प्रतिशतले बढ्दा अदर्श समूहको १.९२ प्रतिशतले ओरालो लाग्यो।

Tags

छुटाउनु भयो कि ?