जीवनसैली

पोर्चुगलमा तीज गीत प्रतियोगिता एवम् साँस्कृतिक कार्यक्रम सम्पन्न

Lumbinikhabar Online

स्वदेशसँगै प्रवासमा पनि हिन्दू महिलाको प्रमुख चाड तीजको रौनक सुरु भएको छ । रोजगारी, अध्ययन, व्यवसाय तथा अन्य विभिन्न कामका लागि प्रवासमा बस्दै आएका महिला दिदी बहिनीहरूसँग संस्थाहरूले तीज मनाउने गरेका छन् । तीज नजिकिएसँगै युरोपियन मुलुक पोर्चुगलमा पनि विभिन्न कार्यक्रमको आयोजना गरेका छन् ।

‘परम्परा बचाउ, बिकृती हटाउ’ भन्ने मूल नारासहित चितवन समाज पोर्चुगलमा गायक भगवान भण्डारी, गायिका देबिका के.सी, जेबी ओलीको साथमा तीज गीत प्रतियोगिता एवम् साँस्कृतिक कार्यकम ओक मुन्दो रेष्टुरेन्ट लिस्वोनमा सम्पन्न भएको छ ।

प्रमुख अतिथि महा बाणिज्य दुत मकर हमालले पानसमा बत्ती बालेर सुरु भएको कार्यक्रमा पोर्चुगलमा भएका विभिन्न संघ संस्थाका प्रतिनिधिहरूको उपस्थिति थियो । प्रतियोगितामा स्याङ्जा समाज पोर्तुगल पहिलो, बागलुङ समाज पोर्चुगल दोस्रो र एनआएलपी सिलाई समूहले तेस्रो भएका थिए ।

कोरोना कहरले गर्दा दुई वर्षसम्म खुला रूपमा हुन नसकेको तीज साँस्कृतिक कार्यक्रम यो बर्ष भने भव्य तयारीका साथ सम्पन्न भएको समाजका अध्यक्ष रवी अर्यालले जानकारी दिनुभयो ।

पोर्तुगलमा मात्र नभइ युरोपमा पहिलो पटक तीज गीत प्रतियोगिता एवम् साँस्कृतिक कार्यकम गरेर तीज मनाउने शुरूवात चितवन समाज पोर्चुगलले गरेको कुरा उपध्यक्ष सम्झना अधिकारी बताउनुभयो । नेपालदेखि आउनुभएका आमा बुबाहरूलाई सम्मान कार्यक्रम गरिएको थियो । कार्यक्रमको सञ्चालन समाजका महासचिव तेजिन्द्र चालिसेले गर्नुभएको थियो ।

Tags

छुटाउनु भयो कि ?