नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी संघ र प्रदेशको निर्वाचनमा गठबन्धन दलबीच स्थानीय तह निर्वाचनको भन्दा बलियो तालमेल हुने बताएका छन् ।
अबको चुनावी तालमेलले पहिलेको भन्दा राम्रो परिणाम दिने उनले उल्लेख गरे । शनिबार बुटवलमा पार्टी प्रशिक्षण कार्यक्रमपछि पत्रकारहरुसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले स्थानीय तहको निर्वाचनमा आपसी तालमेल राम्रो नभएपनि प्रदेश र संघको निर्वाचन राम्रो गर्ने विश्वास व्यक्त गरे । उनले स्थानीय तहको निर्वाचनबाट शिक्षा लिएर गठबन्धन थप मजबुद बनाइने बताए । लुम्बिनी प्रदेशका स्थायी कमिटी सदस्य, केन्द्रीय सदस्य, प्रदेश पदाधिकारीहरूलाई राजनीतिक प्रशिक्षण दिँदै अध्यक्ष प्रचण्डले आगामी भदौ २० गतेसम्म माओवादी केन्द्रले स्थानीय पालिका, जिल्ला, प्रदेश र संघका उम्मेद्वारहरुको सिफारिस केन्द्रमा पठाउन आग्रह गरेका थिए ।