News in Nepali

प्राज्ञिकद्वारा २९३ विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

Lumbinikhabar Online

प्राज्ञिक विद्यार्थी परिषद् नेपालले सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकामा रहेको श्री शारदा माध्यमिक विद्यालयमा शैक्षिक सामग्री वितरण गरेको छ ।
आज विद्यालयको प्राङ्गणमा एक समारोहको आयोजना गरी परिषदको सेवा कार्य अन्तर्गत कक्षा १०, ११ र १२ मा अध्ययनरत २९३ जना विद्यार्थीहरूलाई व्याग, कपी, रेपिडेक्स पुस्तक, जमेक्ट्री बक्स, नेपाली बृहत् शब्दकोश, टोपी लगायतका शैक्षिक सामग्री वितरण गरिएको र बाँकी १० वटा हिमाली जिल्ला दोलखा, रसुवा, बझाङ, ताप्लेजुङ, मनाङ, मुस्ताङ, गोरखा, मुगु, डोल्पा र हुम्ला लगायतका जिल्लाहरूमा शैक्षिक सामग्रीहरू वितरण गर्न गइरहेको विद्यार्थी परिषद्का राष्ट्रिय महासचिव छितराज न्याैपाने जानकारी दिए ।

कार्यक्रममा विद्यार्थी परिषद्का राष्ट्रिय संगठन सचिव नारायण प्रसाद ढकालले विगत २७ बर्षदेखि निरन्तर सेवा कार्यहरू गर्दै आइरहेकाे र यसलाई निरन्तरता दिने क्रममा परिषद्ले ११ वटा हिमाली जिल्लाका विद्यार्थीलाई भारतीय जनता र भारत सकारबाट प्राप्त भएको शैक्षिक सामाग्री विद्यार्थीहरूलाई वितरण गर्न गइरहेको प्रष्ट पार्दै सामग्री उपलब्ध गराउने भारतीय जनता र भारत सरकार एवम् वितरणको समन्वय गर्ने प्राचार्य नीलप्रसाद सुवेदी तथा कार्यक्रममा उपस्थित बाह्रबिसे नगरका नगर प्रमुख लगायतलाई धन्यवाद ज्ञापन गर्नु भएको थियोे

बाह्रबिसे नगरपालिकाका नगर प्रमुख बालकृष्ण बस्नेतले परिषद्को यो सेवा कार्यको उच्च प्रसंशा गर्दै शिक्षा क्षेत्रमा सेवा गरेकोमा परिषदलाई धन्यवाद प्रदान गर्नु भएकाे थियोे ।
त्यसैगरी विद्यालयका प्राचार्य नीलप्रसाद सुवेदीले परिषदको यो कार्य आफ्नो विद्यालयमा गरेकोमा परिषदलाई धन्यवाद दिदै विद्यार्थीहरूको उज्ज्वल भविष्यको कामना गर्नु भएको थियोे ।

उक्त शैक्षिक सामग्री वितरण कार्यक्रममा राष्ट्रिय संगठन सचिव नारायण प्रसाद ढकाल, राष्ट्रिय महासचिव छितराज न्याैपाने, बाह्रबिसे नगरपालिकाका नगर प्रमुख बालकृष्ण बस्नेत, शारदा माध्यमिक विद्यालयका प्राचार्य नीलप्रसाद सुवेदी, ४ नम्बर वाडा वाडाध्यक्ष शेखर बहादुर भण्डारी , बाग्मती प्रदेश सचिव सुरेन्द्र भट्टराई , त्रिभुवन विश्वविद्यालय इकाई समिति सह सचिव निरन्जन पाठक लगायतको उपस्थित रहेको थियो ।

२०५२ सालमा स्थापना भई देशका ७७ वटै जिल्लाका शिक्षण संस्था, माध्यमिक तह (कक्षा ११ र १२) क्याम्पस तथा विश्वविद्यालयहरूमा कार्य गरिरहेको परिषदले विद्यार्थी, शिक्षक शिक्षाविद्हरूलाई संगठित गर्दै असल व्यक्ति निर्माणका माध्यमबाट राष्ट्रलाई परम् वैभवको स्थितिमा पुर्याउने लक्ष्य लिएको छ ।

Tags

छुटाउनु भयो कि ?