टप खबर

सुर्खेती सर्जक पुरीकाे तिज गित सार्वजनिक

Lumbinikhabar Online

१९ बर्ष पहिले कलाकारीता यात्रा शुरू गरेका सुर्खेती सर्जक तिर्थराज पुरीकाे तिज गित बनारसी सारी भाग १ मलाई यसै ठिकै छ सार्वजनिक भएकाे छ । पुरी ले २०६० सालमा आजभाेली ठुलि भैछाै भन्ने गितमा शब्द लेखेर कलाकारिता काे शुरूवात गरेका थिए । यसरी गितहरूमा शब्द लेख्दै जादा अभिनय काे यात्रा लाई पनि पुरीले निरन्तरता दिन थाले । पछिल्नाे समय चट्किलाे भट्किलाे तिज काे परिस्थिति देखेर माैलिकता हरायाे कि भन्ने भावनाका साथ याे गितकाे सुरूवात गरेकाे पुरी बताउछन् । यस गितमा निर्देशन चन्द्र मन्दिरले गरेका छन् भने अर्जुन सापकाेटाकाे छायांकन र निर्मल प्याकुरेलकाे सम्पादन रहेकाे छ । पार्वती के.सी, लक्ष्मी गिरी, दिया बडुवाल, सरिता बुढा, सगुन गुरूङ काे नृत्य रहेकाे यस गितमा, तिर्थराज पुरी,सबिता राना बास्ताेला, सन्दिप पुरी, ईन्द्रा चपाई, मिना गुरूङ, कायरा पाण्डे पुरी काे अभिनय रहेकाे छ गितकाे पाेस्ट प्राेडक्सन काे काम श्रीनाथ फिल्मस् एण्ड प्राेडक्सन् हाउस प्रा.ली ले गरेकाे हाे । सुर्खेत कलाकाे खानी भएकाले माैलिकता काे जगेर्ना गर्न पनि हरेक बर्ष याहाँका सर्जकहरू अग्रसर देखिन्छन् । पश्चिमेली गित भन्नासाथ छुट्टै पहिचान बनाएकाे कर्णाली प्रदेश तिजमा पनि हरेक बर्ष अगाडि नै देखिदै आएकाे छ । हरेक बर्षका कार्यहरू जस्तै यस गितले पनि सफलता पाउने बराहाताल मुभी हाउसका सन्चालक र श्रीनाथ फिल्मस का सल्लाहाकार तथा निर्देशक चन्द्र मन्दिर बताउछन् । बर्षै देखि सुर्खेती कलाकारितालाई विभिन्न माध्यमबाट चिनारी दिदै आएका कलाकार, गायक, गितकार टेकु कान्छा यस्तै तिज गितकाे माैलिकतालाई बचाई राख्न बर्षैदेखि निरन्तर लागिरहेका सर्जकहरू प्रेम देव गिरी, धर्मराज गिरी, हरी बिष्ट, यज्ञ गिरी पनि यस गितकाे शब्द संगित बाट निकै सन्तुष्ट भएकाे र गितले बास्तबिकता यथार्थता बाेकेकाे साथै समाजमा एक किसिमकाे राम्राे सन्देश गएकाेमा निकै खु:सी र मर्माहित भएकाे बताउछन् । यस गितकाे लागि अडियाे बनाउदा गरेकाे मेहेनत ले साेचे भन्दा राम्राे सफलता पाएकाेमा गायक कविराज गिरी पनि निकै सन्तुष्ट भएकाे हामिलाई बताए । गित OSR DIGITAL युटुब च्यानलबाट बजारमा ल्याईएकाे छ ।

Tags

छुटाउनु भयो कि ?