टप खबर

हर्क साम्पङले बालेन माथी लेखे यस्तो स्टेटस , बालेन को प्रतिकृय यस्तो आयो…

Lumbinikhabar Online

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र धरान उपमहानगरका मेयर हर्क सम्पाङबीच सामाजिक सञ्जालमा सवालजवाफ चलेको छ । मेयर साम्पाङले बुधबार साँझ पनि सामाजिक संजालमा आफू काठमाडौं नगएको भए फोहोर उठ्ने थिएन रैछ १ भन्दै स्टाटस लेखेका थिए ।

उनको पोष्टमा काठमाडौँ महानगरका मेयर बालेनले प्रतिक्रिया दिँदै लेखेका छन्, ‘हो नि ‘ तपाईकै लौरो चुनाव चिह्न लिएर मैले चुनाव पनि त जितेको हो नि !’ साम्पाङले पुनः अर्को पोस्ट गर्दै भनेका छन्, ‘आलोचना नै सुझाब हो भन्ने नबुझ्नेले के राजनीति गर्नु बेकारमा ।’
यसमा बालेनको कुनै कमेन्ट छैन । तर साम्पाङ यत्तिमा रोकिएनन् । अर्को पोष्ट गरे । तेस्रो पोष्टमा साम्पाङले कुरा भन्दा धेरै काम गर्न बालेनलाई सुदिएका छन् । उनले लेखेका छन्, ‘देशको राजधानीलाई फोहोरको थुप्रोले पुरेर राख्न पाइदैन । मुख बजाउन छाडेर पाखु बजाउ नालायक हो । नामले खाएकाहरु हो । तिमेरुको रिस उठोस बेस्सरी । काम गर काम हावा तालका हो ।’
यसमा पनि बालेनले कुनै प्रतिक्रिया जनाएका छैनन् । उक्त पोष्टमा कमेन्ट गर्नेहरुले साम्पाङलाई संयमता अपनाउन सुझाएका छन् ।

Tags

छुटाउनु भयो कि ?