टप खबर

काठमाडौँ महानगरपालिकाको फोहोर अवरोध तत्कालका लागि हट्ने

Lumbinikhabar Online

काठमाडौँ महानगरपालिकाको फोहोर बञ्चरेडाँडामा फाल्न भइरहेको अवरोध तत्कालका लागि हट्ने भएको छ । बुधबार साँझ काठमाडौं, धादिङ र नुवाकोटका प्रमुख जिल्ला अधिकारी, धादिङको धुनिवेशी नगरपालिका, नुवाकोटको ककनी गाउँपालिकाका जनप्रतिनिधि र काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतको छलफलमा चार बुँदे सहमति भएपछि बञ्चरेडाँडामा फोहोर फाल्नका लागि भइरहेको अवरोध तत्कालका लागि अन्त्य भएको हो । बञ्चरेडाँडामा फोहोर थुपारेको ठाउँमा गन्ध नआउने औषधि दैनिक छर्किनुपर्ने, फोहोर बोक्ने गाडीले बाटोमा लिचेड चुहाउन नपाउने, जथाभावी फोहोर खसाल्न नपाइने सहमति भएको छ । साथै गत २६ जेठमा भएको सहमति कार्यान्वयनका लागि समेत दुवै पक्ष सहमत भएका काठमाडौँका प्रजिअ गोविन्द रिजालले जानकारी दिए ।

Tags

छुटाउनु भयो कि ?