चोलेन्द्रशम्शेर जबराविरुद्धको महाभियोगमाथि अध्ययन गर्न गठित महाअभियोग सिफारिस समितिको बैठक बुधबार बस्दैछ ।
निलम्बनमा रहेका प्रधानन्यायाधीश जबराबिरुद्धको महाभियोग बारे छलफल गर्न समितिको बैठक बिहान साढे ११ बजे सिंहदरबारमा बस्ने जनाइएको छ ।
जबराबिरुद्ध विभिन्न २१ वटा आरोपका साथ महाभियोग लागेको छ । उक्त आरोप गत फागुन फागुन १ गते प्रतिनिधि सभामा महाभियोग दर्ता भएको थियो । त्यसपछि जबराबिरुद्ध फागनु २२ गते महाभियोग सिफारिस समिति गठन गरिएको थियो ।
आजको बैठकमा समितिको आन्तरिक कार्यविधि निर्माणका साथै पारित गरिने छ । त्यस्तैगरी समितिको संयोजक पनि चयन हुनेछ ।
समितिमा एकवाल मियाँ, कल्याणीकुमारी खड्का, कृष्णभक्त पोखरेल, प्रमोद साह, मीनबहादुर विश्वकर्मा, यशोदा गुरुङ सुवेदी, रामबहादुर विष्ट, रेखा शर्मा, लालबाबु पण्डित, विष्णुप्रसाद पौडेल र डा. शिवमाया तुम्बाहाङ्फे सदस्य रहेका छन् ।