कार्यक्रम

रोटरी क्लव अफ नक्साल शक्तिले तीज विशेष प्रर्दशनी गर्ने

Lumbinikhabar Online

रोटरी क्लव अफ नक्साल शक्तिले तीज विशेष प्रर्दशनी गर्ने भएको छ । नेपाली घरेलु उत्पादनलाई विशेष प्रोत्साहन दिएर प्रर्वधन गरी व्यववसायिक संजाल विस्तार गर्ने उद्धेश्यले प्रर्दशनी आयोजना गरिएको क्लवका संस्थापक अध्यक्ष डा. लुना शर्मा अर्यालले जानकारी दिइन् । प्रर्दशनीको कार्यक्रम संयोजक रजनी श्रेष्ठका अनुसार प्रर्दशनी भदौ २ र ३ गते काठमाडौंको पुरानो बानेश्वर स्थित मान सरोवर पार्टी प्यालेसमा सम्पन्न हुनेछ ।

प्रर्दशनीमा विभिन्न खालका ५० वटा स्टलहरु रहने छ ।  घरेलु उत्पादन सहित कन्सल्टेन्सी, रियल स्टेट आदि । कार्यक्रममा प्रसिद्ध कलाकारहरु भिमु गुरुङ, रामजी खाड, शिव हमाल, घनश्याम रिजाल तथा चेतन गोतामेले आफ्ना साँगीतिक प्रस्तुतीहरु समेत दिनेछन् । संस्थापक अध्यक्ष डा. अर्याललले प्रर्दशनीबाट जम्मा भएको रकम सामाजिक काममा खर्च गरिने बताईन् । उनले भनिन्, ‘रोटरी गैरनाफामुलक र सेवामुलक संस्था हो, हामीले प्रर्दशनीबाट उठेको रकम प्रि–स्कुल र मन्टेश्वरीका शिक्षकहरुलाई सिटिइभिटीका प्रशिक्षक मार्फत ३ महिने तालिम संचालन गर्ने छौं” योसँगै क्लवद्वारा स्थानिय स्तरका सामुदायिक विद्यालयका शिक्षकहरुलाई पनि तालिम दिइने योजना रहेको छ ।

Tags

छुटाउनु भयो कि ?