सभापति देउवाले सत्ता गठबन्धनबीच चुनावी तालमेल गरेर जाँदा स्थानीय चुनावमा कांग्रेसले सन्तोषजनक सिट जितेको उल्लेख गरे। मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनमा पनि सत्ता गठबन्धनबीच तालमेल गरेर जाने उनले बताए। ‘आमचुनावमा पार्टीका पक्षमा राम्रो परिणाम आउन जनप्रतिनिधिको भूमिका महत्वपूर्ण हुने विश्वास लिएको छु,’ देउवाले भने, ‘२०७४ मा हामी एक्लै चुनाव लड्नुपर्ने स्थिति थियो। राम्रो मत ल्याउँदा ल्याउँदै पनि हामीले विपक्षी गठबन्धन (एमाले-माओवादी) बाट प्रभावित भइयो।’ उनले फेरि पनि गठबन्धन गरेर चुनावमा सफलता हासिल गर्नुपर्ने अवस्था आएको बताए। सिट बाँडफाँटका लागि दलहरूबीच छलफल भएको र केही दिनमा निष्कर्षमा पुगिने देउवाले बताए।
ONS Times Pvt. Ltd.
Gaushala, Ktm, Nepal
+977-9803127375 - +977-9851177880
onstimes@gmail.com
- प्रकाशक/सम्पादक : Regd No. 240110-075/076
- कार्यकारी निर्देशक : प्रकाश पुरी
- प्रधान सम्पादक : सुमित रजक
- सञ्चार रजिस्ट्रार को कार्यालय , बागमती प्रदेश : ०००४२-७५/७६