टप खबर

नागरिकता विधेयक पर्काउनु राष्ट्रपतिको अधिकार: गगन थापा

Lumbinikhabar Online

नेपाली कांग्रेसका महामन्त्री तथा सांसद गगन कुमार थापाले राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक पर्काउनु उहाँको अधिकारकै कुरा रहेको बताउनुभएको छ ।आज सञ्चारकर्मीसँग कुरा गर्दै थापाले संविधानको अधिकारअनुसार नै राष्ट्रपतिले उक्त विधेयक संसदमै फिर्ता पठाएको बताएका हुन्। तर आफूहरुले पुनः संसदबाट जस्ताको तस्तै पारित गरेर शीतल निवास पठाउन सक्ने पनि उनले बताए ।

‘राष्ट्रपतिले कुनै पनि विधेयक फिर्ता पठाउन पाउने संविधानमा व्यवस्था गरेकै छ । सोही व्यवस्थाको आधारमा फर्काउनै हुँदैनथ्यो भन्ने मलाई लाग्दैन,’ थापाले भने, ‘त्यो फर्काएको विधेयकलाई हामी पुनः पठाउन सक्छौँ । उहाँका सुझाव स्वीकार गरेर या जस्ताको तस्तै राष्ट्रपतिकहाँ पुर्याउने अधिकार हामीसँग संसदमा छँदै छ ।’ संसदले पुनर्विचार गर्नु बाँकी नै रहेकाले अहिले नै यसबारेमा ज्यादा टिप्पणी या आलोचना गर्नैपर्छ भन्ने पक्षमा आफू नरहेको उनको भनाइ थियो । विधेयकका बारेमा राष्ट्रपतिले पठाएका सुझाव र टिप्पणीबारे पार्टीभित्र छलफल गर्ने र गठबन्धनका दलहरुबीचमा पनि केही न केही छलफल हुने उनले बताए । छलफलपछि आफ्नो धारणा बनाउने उनको भनाइ छ । संघीय संसदका दुवै सदनबाट पारित भएर प्रमाणीकरणका लागि शीतल निवास पुगेको विधेयक १५ दिनपछि आइतबार पुनः संसदमै फिर्ता पठाइएको छ ।

 

Tags

छुटाउनु भयो कि ?