टप खबर

सिसडोल र बञ्चरेडाँडामा फोहोरमैला फाल्न सदाका लागि बन्द

Lumbinikhabar Online

सिसडोल र बञ्चरेडाँडामा फोहोरमैला फाल्न सदाका लागि बन्द गर्न तीन दल एक ठाउँमा उभिएका छन् । आइतबार धादिङको धुनिवेशी नगरपालिका–१ का कांग्रेस सभापति पूर्णबहादुर तामाङ, माओवादी केद्रका अध्यक्ष विष्णु तामाङ र एकीकृत समाजवादीका अध्यक्ष भीषण धितालले संयुक्त व्यक्तव्य जारी गर्दै सिसडोल र बञ्चरेडाँडामा फोहोरमैला फाल्न सदाका लागि बन्द गर्न घोषणा गरेका हुन् ।

‘स्थानीय बासिन्दाले उचित माग राख्दै विभिन्न समयमा गरेको आन्दोलन पश्चात काठमाडौं महानगर लगायत राज्यको विभिन्न अङ्गसंग पटक पटक गरेर अहिले सम्म १७४ वटा सहमति भएको थियो । त्यो सहमति कार्यान्वयन गर्न नचाहेको र राज्यको आफ्नै निकायले गरेको सम्झौता पूरा गर्नुको साटो उल्टै राज्य शक्तिको दुरुपयोग गरेर पीडित जनतामाथि प्रहरी प्रशासन घरभित्रै पसेर ज्यादती गर्दै उल्टै स्थानीपीडित जनताहरुलाई विभिन्न खालको झुटा अभियोग लगाई दुख दिन खोजेपछि स्थानीयबासीन्दाहरुले महानगर र राज्यसँग विश्वास गुमेकोले फोहोरमैला दीर्घकालीन बन्द गर्ने,’ विज्ञप्तिमा उल्लेख छ । साथै, तीनै दलका तीनै नेताले आजैको मितिदेखि जनताको पीडामा आफूहरको ऐक्यवद्धता रहेको पनि भनेका छन् । विज्ञप्तिमा भनिएको छ, ‘आजैको दिनबाट उक्त आन्दोलनमा सहभागिता जनाउने निर्णय गरेका छौँ ।’

Tags

छुटाउनु भयो कि ?