टप खबर

मिटरब्याज पीडितहरूलाई भदौ ५ सम्म उजुरी दिन मिल्ने

Lumbinikhabar Online

मिटरब्याजी पीडित भएकाहरूलाई सरकारले उजुरी दिन अनुरोध गरेको छ । गृह मन्त्रालयले आज एक सूचना जारी आउँदो भदौ ५ भित्र प्रमाणसहित उजुरी दिन अनुरोध गरेको हो । शुक्रबार प्रधानमन्त्री शेरबहादुर देउवाको निर्देशनपछि गृहमन्त्रालयका सह–सचिवको संयोजकत्वमा मिटरब्याज समस्याको अध्ययन गरी समाधानका लागि भन्दै कार्यदल नै गठन गरेको थियो । यसै सिलसिलामा मन्त्रालयले भदौ ५ भित्र उजुरी दर्ता गर्न मिटरब्याज पीडितहरुलाइ अनुरोध गरेको हो ।

मिटरब्याजमा पैसा लगाउने धन्दा गैरकानुनी र अपराध हो । तर पनि विभिन्न बहानामा यसरी चर्को ब्याज उठाएर शोषण भइरहेको छ । यसरी जोकोही मिटर पनि मिटरब्याजबाट पीडित भएको भए सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा तथ्य र प्रमाणसहित उजुरी दर्ता गर्न सक्नेछन् ।

तराईका अधिकांश जिल्ला र काठमाडौँमा समेत मिटरब्याजको गैरकानुनी धन्दा मौलाइरहेको छ । मिटरब्याजीको जालो देशैभरि फैलिएको हुन सक्ने भन्दै सरकारले यसविरुद्ध कारबाही अगाडि बढाइसकेको छ । मिटर ब्याजबाट पीडित भएकाहरुले बेलैमा उजुरी दिएमा अपराधी दण्डित हुने र पीडितले न्याय पाउने अवसर छ ।

Tags

छुटाउनु भयो कि ?