सभामुख अग्निप्रसाद सापकोटाले नेपाल एक चीन नीतिमा प्रतिवद्ध रहेको बताएका छन्। चिनियाँ राजदूत होउ यान्छीसँगको भेटमा उनले यस्तो प्रतिवद्धता व्यक्त गरेका हुन्। सभामुख सापकोटा र राजदूत यान्छीबीच लैनचौरस्थित सभामुखको सरकारी निवासमा शुक्रबार भेट वार्ता भएको थियो। भेटमा सापकोटाले नेपाली भूमि छिमेकी राष्ट्रविरूद्ध प्रयोग हुन नदिने विषयमा नेपाल सचेत रहेको बताएका छन्। भेटका क्रममा राजदूत यान्छीले नेपालको स्वतन्त्रता, सार्वभौमिकता र राष्ट्रिय अखण्डताको पक्षमा चीनले सदैव दृढ समर्थन गर्ने बताएको सभामुखको सचिवालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। नेपालको आर्थिक समृद्धि र विकासमा चीनले सधैँ सहयोग गर्ने प्रतिबद्धता यान्छीले जनाएकी छिन्।
ONS Times Pvt. Ltd.
Gaushala, Ktm, Nepal
+977-9803127375 - +977-9851177880
onstimes@gmail.com
- प्रकाशक/सम्पादक : Regd No. 240110-075/076
- कार्यकारी निर्देशक : प्रकाश पुरी
- प्रधान सम्पादक : सुमित रजक
- सञ्चार रजिस्ट्रार को कार्यालय , बागमती प्रदेश : ०००४२-७५/७६