टप खबर

आगामी चुनाबको लागी लगभग १ लाख २० हजार म्यादी प्रहरी भर्ना गरिने

Lumbinikhabar Online

सरकारले प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली तथा समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन आगामी मङ्सिर ४ गते आइतबारका लागि घोषणा गरेसँगै मुलुकभर निर्वाचन केन्द्रित गतिविधि सुरु भएका छन् । राजनीतिक दल र तिनका कार्यकर्ताले निर्वाचनलाई केन्द्रित गरेर आफ्ना गतिविधि थालेका छन् भने निर्वाचन आयोगले तीव्रत्तररूपमा तयारी गरिरहेको छ । आयोगले दल दर्ताका लागि साउन ३१ सम्मको समयसीमा दिएको छ । समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन कार्यक्रमसमेत स्वीकृत भइसकेको छ । भयरहित निर्वाचन गराउनका लागि शान्तिसुरक्षा प्रभावकारी बनाउनुपर्ने अवस्थालाई मध्यनजर गरी नेपाल प्रहरीले पनि आफ्नो तयारी तीव्र पारेको छ ।

उक्त निर्वाचनका लागि नेपाल प्रहरीले एक लाख २० हजार म्यादी प्रहरी आवश्यक पर्ने निष्कर्ष निकालेर गृहमन्त्रालयमा प्रस्ताव पेश गरेको छ । यो सङ्ख्या गत वैशाख ३० गतेको स्थानीय तह निर्वाचको भन्दा २० हजारले बढी हो । त्यसबेला एक लाख म्यादी प्रहरी भर्ना गरिएको थियो । एक जना उच्च प्रहरी अधिकृतका अनुसार समानुपातिक निर्वाचनसमेत हुने भएकाले यसपटक साविक सङ्ख्यामा थप २० हजार म्यादी प्रहरी थप गर्ने गरी प्रस्ताव गरिएको जानकारी दिए ।

Tags

छुटाउनु भयो कि ?