टप खबर

संचारकर्मी राज लुईटेललाई पत्रकारिता पुरस्कार

Lumbinikhabar Online

संचारकर्मी राजेन्द्र लुईटेल (राज) लाई यो वर्षको जिनियस म्यूजिक अवार्डमा पत्रकारिता पुरस्कारबाट सम्मानित गरिएको छ । विगत डेढ दशकदेखि संचारकर्ममा सक्रिय संचारकर्मी लुईटेललाई संस्कृति,पर्यटन तथा नागरिक उडड्यन मन्त्री जीवनराम श्रेष्ठ तथा विशिष्ठ संगीतकार एवं संगित तथा नेपाल सङ्गित तथा नाट्य प्रज्ञा-प्रतिष्ठानका पूर्व उपकूलपति शम्भुजित बासकोटाको हातबाट नगद रु.पन्ध्र हजार सहितको पत्रकारिता सम्मान प्रदान गरिएको हो ।


राष्ट्रिय नाचघरमा सम्पन्न जिनियस म्यूजिक अवार्डको तेश्रो संस्करण तथा जिनियस म्यूजिक क्रियसनको १८ औं वार्षिकोत्सवको अवसरमा उनलाई नगद सहित दोसल्ला ओढाएर सम्मान गरिएको थियो । प्रत्येक वर्ष मनोरन्जन क्षेत्रमा सक्रिय कलम चलाउने पत्रकारहरुलाई नगद सहित सम्मान गरिने उद्देश्य अनुरुप यो वर्ष लुईटेल संगै मध्यान्ह दैनिकका वरिष्ठ पत्रकार सानुकाजी श्रेष्ठलाई पनि नगद सहित सम्मान गरिएको थियो । दिर्घ साधना सम्मानबाट वरिष्ठ गीतकार तथा वरिष्ठ स्त्री रोग विशेषज्ञ डा.भोला रिजाल तथा विशेष सम्मानबाट वरिष्ठ समाजसेवी राधिका शाक्य लगायतलाई सम्मान प्रदान गरिएको थियो ।


कार्यक्रममा संचारकर्मी लुईटेलले आफुले प्राप्त गरेको नगद राशी मानव सेवा आश्रमकी संरक्षक समेत रहेकी सम्मानित व्यक्तित्व समाजसेवी राधिका शाक्यलाई हस्तान्तरण गरेका थिए ।

राष्ट्रखबर,तथ्यखबर,राष्ट्रपत्र लगायत थुप्रै अनलाईन संचारमाध्यमका संचालक समेत रहेका लुईटेलले राष्ट्रिय अन्तराष्ट्रि गरि थुप्रै अवार्ड र सम्मान प्राप्त गरिसकेका छन ।
कार्यक्रम व्यबस्थापन संघका उपाध्यक्ष समेत रहेका लुईटेल रेडियो,छापा संचार,टेलिभिजन देखि अनलाईन संचारमाध्यममा आवद्ध भै संचारका धेरै माध्यममा अनुभव संगालिसकेका छन ।

Tags

छुटाउनु भयो कि ?