नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाउन नसकिने जनाएको छ। अन्तर्राष्ट्रिय बजारमा मूल्य घटेर आए पनि निगम घाटामा रहेकाले पेट्रोलियम पदार्थको मूल्य तत्काल घटाउन नसकिने स्पष्ट पारेको हो। निगमले बुधबार विज्ञप्ति जारी गर्दै भनेको छ, ‘मासिक एक अर्ब २७ करोड घाटा हुने स्थिति देखिएकाले पेट्रोलियम पदार्थको बिक्री मूल्य हाललाई यथावत् राख्नुपर्ने बाध्यात्मक अवस्था निगमसामु रहेको छ। पेट्रोलियम पदार्थ बिक्रीबाट संकलन भएको रकमसमेत समावेश गरी इण्डियन आयल कर्पोरेशन लिमिटेडको बक्यौता रकम भुक्तानी गर्दासमेत करिब २३ अर्ब अझै तिर्नुपर्ने अवस्था छ। ’ इण्डियन आयल कर्पोरेशनको बक्यौता रकम क्रमशः भुक्तानी गर्दै पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्था सहज गर्नुपर्ने निगमको दायित्य रहेको विज्ञप्तिमा उल्लेख छ। भारतले दुई पटक मूल्य समायोजन गरेर पठाउँदासमेत निगमले मूल्य नघटाउँदा सडकदेखि सदनसम्मै विरोध हुँदै आएको छ।
ONS Times Pvt. Ltd.
Gaushala, Ktm, Nepal
+977-9803127375 - +977-9851177880
onstimes@gmail.com
- प्रकाशक/सम्पादक : Regd No. 240110-075/076
- कार्यकारी निर्देशक : प्रकाश पुरी
- प्रधान सम्पादक : सुमित रजक
- सञ्चार रजिस्ट्रार को कार्यालय , बागमती प्रदेश : ०००४२-७५/७६