शिक्षा

नगरकोटी दाजुभाईलाई श्री देवी आधारभूत विद्यालयबाट सम्मान

Lumbinikhabar Online

काठमाडौ । शंखरापुर- ३ काठमाडौ, स्थित श्रीदेवी आधारभुत विद्यालय, भन्ज्याङ्गमा शैक्षिक सामाग्री एवं खाजा वितरण गरिएको छ । शंखरापुर ३ बोजिनी निवासी युवा समाजसेवीद्वय अनिल नगरकोटी र सुनील नगरकोटी दाजुभाईले आफ्ना दिवंगत पिता स्व. धन वहादुर नगरकोटीको स्मृतिमा स्थापित प्रतिष्ठानको तर्फबाट आर्थिक रुपमा विपन्न वालवालिकाका लागि स्कूल व्याग,कापी,कलम तथा खाजा वितरण गरेका छन । विद्यालय प्रांगणमा वृक्षारोपण गरि कार्यक्रम औपचारिक शुभारम्भ गरिएको थियो ।
शैक्षिक सामाग्री वितरण कार्यक्रममा शंखरापुर नगरपालिका ३ का निवर्तमान वडा अध्यक्ष सन्त बहादुर वाईबा,विद्यालय व्यबस्थापन समितिका अध्यक्ष चम्पा माया वाइबा, विद्यालयका प्रधानाध्यापक बिना प्रधान,अभिनेता श्रीदेव भट्टराई,संचारकर्मी सोनीत राज ढुंगेल,फोटो पत्रकार युवराज नेपाल, शंखरापुर -४, स्थित वैरमहादेव आधारभुत विद्यालयका प्रधानाध्यापक राघव झा, सोही विद्यालयका सह प्रधानाध्यापक गोविन्द ओझा,बर्गर हाउस जोरपाटीका प्रबन्धक साजन मोक्तान लगायत समाजसेवीहरुको उपस्थिती रहेको थियो ।

विद्यालयको तर्फबाट प्रधानाध्यापक प्रधानले अनिल र सुनीलको समाजसेवी कार्यको प्रशंसा गर्दै सानैदेखि अध्यनशील र शालिन स्वभावका कारण वडामा मात्र नभएर शंखरापुर भर नै उदाहरणीय व्यक्तित्वको रुपमा परिचित रहेको कुरा वताईन । विद्यालयको तर्फबाट प्रतिष्ठानलाई सम्मान समेत गरिएको थियो । उपस्थित व्यक्तित्वहरुले स्व.धन वहादुर नगरकोटी र युवा समाजसेवीद्वय अनील र सुनीलको समाजसेवी कार्यको चर्चा गर्दै प्रंशसा गरेका थिए ।

समाज विकासका निमित्त उल्लेख्य योगदान दिदै आएका स्व.नगरकोटीका सुपुत्र अनिल र सुनिलले स्थानीय विकास निर्माण र जनताको लागि प्रशंसनीय कामहरु गर्दै आईरहेका छन । स्थानीयमाझ लोकप्रिय रहेका नगरकोटी दाजुभाईको सामाजिक कार्यको जनस्तरबाट प्रंशसा हुदै गईरहेको छ । संचारकर्मी समेत रहेका नगरकोटी दाजुभाईले केहि समय अघि पनि वैरमहादेव विद्यालयमा स्कुल जुुत्ता,व्याग लगायत शैक्षिक सामाग्री वितरण गरेका थिए भने स्थानीय विकास निर्माणमा समेत योगदान दिदै आएका छन । सुनीलले विभिन्न वाल आश्रम तथा वृद्धाश्रमहरुमा विविध किसिमका सहयोग गर्दै आईरहेका छन ।

 

Tags

छुटाउनु भयो कि ?