टप खबर

तत्काल समाजवादी केन्द्र बन्ने कुनै सम्भावना छैन : प्रचण्ड

Lumbinikhabar Online

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तत्काल समाजवादी केन्द्र बन्ने कुनै सम्भावना नरहेको बताएका छन्। नेपाल प्रेस सेन्टरको बैठकलाई सम्बोधन गर्दै प्रचण्डले अहिले नै समाजवादी केन्द्र बनिहाल्ने चर्चा चलेको भन्दै तत्काल समाजवादी केन्द्र बनाउनका लागि छलफल नै नभएको बताए। प्रचण्डले गठबन्धनभित्र रहेका विचार मिल्ने दलहरुबीच चुनावी मोर्चा बनाउन सकिन्छ कि भन्ने छलफलमात्र भएको स्पष्ट पारे।

उनले अहिले पनि गठबन्धनको आवश्यकता रहेको भन्दै प्रदेश र संघको निर्वाचनमात्रै नभई आवश्यकताअनुसार शान्ति प्रक्रिया टुङ्गोमा नपुगेसम्म र नयाँ परिस्थिति नबनेसम्म गठबन्धन कायमै रहने बताए। स्थानीय निर्वाचनमा गठबन्धनबीच भएको चुनावी तालमेलको अनुभव मिठो नरहेको र प्रदेश र संघको निर्वाचनमा यसअघिको शिक्षा लिएर राम्रो तयारीका साथ जानुपर्ने विषयमा गठबन्धनबीच छलफल भइरहेको उनको भनाइ छ। प्रचण्डले यसअघि राष्ट्रवादी भन्ने दलहरुले नै एसपीपीजस्ता राष्ट्रघाति कामहरु भएको भन्दै एसपीपी खारेज गर्नुपर्ने आफूले सुरुदेखि आवाज उठाएको बताए।

Tags

छुटाउनु भयो कि ?