राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देनले अविलम्ब संसदीय चुनावको मिति घोषणा गर्न माग गरेका छन् ।विराटनगरमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उनले सङ्घीय संसद् र प्रदेशसभा सदस्य पदका लागि मङ्सिरमा निर्वाचन गर्न र निर्वाचनको मिति अविलम्ब घोषणा गर्न माग गरेका हुन् । अध्यक्ष लिङ्देनले एक प्रश्नको जवाफमा अध्यक्ष लिङ्देनले मुलुकको परराष्ट्र नीति सन्तुलनमा राख्न असंलग्न परराष्ट्र नीतिका आधारमा अघि बढ्न सुझाव दिए । वर्तमान गठनबन्धन सरकारले दलीय एवं व्यक्तिगत स्वार्थ त्यागी जनतालाई सर्वोपरि ठानेर महँगी नियन्त्रणलगायतका काम गर्न पनि सुझाव दिए ।
ONS Times Pvt. Ltd.
Gaushala, Ktm, Nepal
+977-9803127375 - +977-9851177880
onstimes@gmail.com
- प्रकाशक/सम्पादक : Regd No. 240110-075/076
- कार्यकारी निर्देशक : प्रकाश पुरी
- प्रधान सम्पादक : सुमित रजक
- सञ्चार रजिस्ट्रार को कार्यालय , बागमती प्रदेश : ०००४२-७५/७६