टप खबर

जनार्दन शर्मा प्रकरण: छानबिन समितिले लियो ३ घण्टा बयान

Lumbinikhabar Online

पूर्वअर्थमन्त्री जनार्दन शर्मासँग संसदीय विशेष छानबिन समितिले तीन घण्टा लामो बयान लिएको छ । बजेट निर्माणका क्रममा अनाधिकृत व्यक्तिलाई सहभागी गराई करको दर हेरफेर गरेको र त्यससम्बन्धी प्रमण नष्ट गर्न सीसीटीभी फुटेज डिलिट गरेको विषयमा समितिले आज बिहिबार बिहान सिंहदरबारस्थित कार्यालयमा बोलाएर बयान लिएको हो । बयानमा आफुमाथि लागेका आरोप लगत भएको भन्दै आफुले मुलुकको अहित हुने काम नगरेको जिकिर गरेका छन् ।

समितिले यसअघि यस विषयमा अर्थ र राजश्व सचिवसहित अर्थ मन्त्रालयका अधिकारीसँथग सोधपुछ गरिसकेको छ । तीन घण्टा लामो बयाननपछि बाहिर निस्किएका शर्माले सञ्चारर्मीको प्रश्नको जवाफ भने दिएनन् । शर्माले आफुलाई सोधेको कुरा समितिलाई भनेकोले बाँकी सबै कुरा समितिले नै भन्ने भन्दै बारिह निस्किएका छन् । प्रचलित विधि र प्रक्रियाबाहिर गएर अनधिकृत व्यक्तिको सहयोगमा बजेट निर्माण नगरिएको बयान दिएका शर्माले आफ्नो विश्वास नभए मन्त्रालयमा सुरक्षामा खटिने प्रहरी र पीएसओसँग सोध्न छानबिन समिति सदस्यहरुलाई आग्रह समेत गरेका छन् । शर्माले बजेट निर्माणका क्रममा अनाधिकृत व्यक्तिलाई सहभागी गराई करको दर हेरफेर गरेको आरोप लागेपछि असार २२ गते पदबाट राजीनामा दिएका थिए ।

Tags

छुटाउनु भयो कि ?