टप खबर

राजधानीमा पहिलो क्रस बोर्डर अन्तरक्रिया

Lumbinikhabar Online

ग्लोबल कायस्थ सम्मेलन नेपालले आज राजधानीमा पहिलो क्रस बोर्डर अन्तरक्रिया गरेको छ । ग्लोबल कायस्थका अध्यक्ष राजीव रञ्जनको प्रमुख अतिथिको रूपमा उपस्थित रहेको थियो। कार्यक्रमको अध्यक्षता ग्लोबल कायस्थ नेपालका अध्यक्ष डा. पुनम कर्णले गर्नुभएको थियो । यसैक्रममा ग्लोबल कायस्थ सम्मेलनका प्रवक्ता मितेश कर्णले यस सम्मेलनले नेपाल र भारतबीचको मित्रतालाई अझ प्रगाढ बनाउने बताउनु भयो। नेपालमा पहिलो पटक आयोजना हुन लागेको र भारतबाट ३० भन्दा बढी सहभागीहरुको सहभागिता रहेको मितेशले जानकारी दिनुभयो ।

कार्यक्रममा नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले विश्व कायस्थ सम्मेलन नेपालमा हुनु गौरवको विषय भएको बताउनुभयो । नेपाली कांग्रेसका तर्फबाट नेता निधिले सबैलाई बधाई तथा स्वागत गर्नुभएको थियो । उनले राजीव रञ्जनलाई राजनीतिक रूपमा नेपाल आउन निम्तो पनि दिनुभयो। सो अवसरमा नेपाल चित्रगुप्त समाजका अध्यक्ष रतिशचन्द्र लालले बधाई दिँदै चित्रांश नेपालको निकै पुरानो संस्था भएको बताउनुभयो । यो संस्था नेपालमा ५० वर्षदेखि सक्रिय रहेको जानकारी दिनु भयो । , मधेशी आयोगका अध्यक्ष विजयकुमार दत्त, पूर्व सर्वोच्च न्यायाधीश माननीय गिरीशचन्द्र लाल, वर्तमान न्यायाधीश अनिल सिन्हाको समेत उपस्थित रहेको थियो । त्यसैगरी कायस्थ समुदायका २० जना नेतालाई मञ्चमा राखिएको थियो ।

सुरुमा स्वागत ज्ञापन दिंदै कौशलले ह्यामलाई कायस्थ रुख बनाउनुपर्छ, जसमुनि सबै कायस्थ जोडिनुपर्छ भन्नुभयो विश्वभर रहेका सबै कायस्थहरूको विकास गर्नुपर्छ उहांले भन्नुभयो ।
कार्यक्रममा ग्लोबल कायस्थका अध्यक्ष राजीव रञ्जन, ट्रस्टी रागिनी रन्जन,ग्लोबल कायस्थका वरिष्ठ उपाध्यक्ष अखिलेस कुमार श्री वास्तव, सुभ्रशुं शेखर,महासचिव अनिल सिन्हा तथा वरिष्ठ व्यक्तित्वहरु विजय दत्त,कमल नारायण दास,वृखेसचन्द्र लाल कर्ण,रतिस सुमन,कौश्लेन्द्र कुमार दास,सविता रुवी,रन्जित कर्ण, पंकज कर्ण,दिपक दत्त,हिरेन्द्र कर्ण,सतिश कर्ण,अशुतोष कर्ण,डा.सुमन कर्ण एवं कमलेश कर्ण लगायतको उपस्थिती रहेको थियो । दिदै उहांहरुलाई धन्यवाद ज्ञापन गर्नु भएको थियो कार्यक्रमको संचालन पुनम दासले गर्नु भएको थियो । कार्यक्रमको ग्लोबल कायस्थ नेपालका अध्यक्ष डा. पुनम कर्णले उपस्थित व्यक्तित्वहरुलाई कार्यक्रम सफल तुल्याउन महत्वपुर्ण योगदान दिने सवैलाई धन्यवाद सहित मायाको चिनो प्रदान गर्नुभएको थियो । अन्तमा उहांले आफ्नो भनाई राख्दै ग्लोबल कायस्थको विशेष चर्चा गर्नु भएको थियो ।

Tags

छुटाउनु भयो कि ?