खेलकुद

नेपाली क्रिकेट टिमबाट राजीनामा दिएका पुबुदु क्यानडाको प्रमुख प्रशिक्षक नियुक्त

Lumbinikhabar Online

नेपाली राष्ट्रिय क्रिकेट टिमको प्रमुख प्रशिक्षकबाट राजीनामा दिएको केही बेरमै पुबुदु दाशानायके क्यानडाको राष्ट्रिय क्रिकेट टिमको प्रमुख प्रशिक्षक नियुक्त भएका छन् ।

नेपाली टिमबाट राजीनामा दिएको केही बेरमै क्रिकेट क्यानडाले आधिकारिक फेसबुक पेजमार्फत पुबुदु प्रमुख प्रशिक्षक नियुक्त भएको भन्दै बधाई दिएको हो ।

दोस्रो कार्यकालका गत मंसिरमा नेपाल क्रिकेट संघ क्यानसँग दुई वर्षे सम्झौता गरेका पुबुदुले बुधबार पत्रकार सम्मेलन गरी पदबाट राजीनामा दिएका थिए । सम्मेलनमा उनले व्यक्तिगत समस्याका कारण पदबाट राजीनामा दिएको बताएका थिए ।

Tags

छुटाउनु भयो कि ?