टप खबर

प्रचण्ड को भारत भ्रमण , कहिले भेट्दै छन् मोदी लाइ ?

Lumbinikhabar Online

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड तीन दिने भारत भ्रमणका क्रममा नयाँदिल्ली पुगेका छन्।

प्रचण्डलाई भाजपा विदेश विभाग प्रमुख विजय चौथाइवालेले इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका छन्। प्रचण्डलाई स्वागत गर्न नेपाली राजदूत डा. शंकरप्रसाद शर्मा,  उपनियोग प्रमुख रामप्रसाद सुवेदी, भारतीय विदेश मन्त्रालयका नेपाल–भुटान डेस्कका सहसचिव अनुराग श्रीवास्तव विमानस्थल पुगेका थिए। भ्रमणको पहिलो दिन शुक्रबार प्रचण्डसँग भाजपा विदेश विभाग प्रमुख चौथाईवालेले होटल ताज मानसिंहमा शिष्टाचार भेट गर्ने कार्यक्रम छ। त्यस्तै नेपाली राजदूतावासमा नेपाली संघसंस्थाका प्रतिनिधिहरूसँग भेटघाट गर्ने कार्यक्रम छ। नेपाली राजदूतद्वारा आयोजित रात्रिभोजमा सहभागी हुनेछन्।

प्रचण्डले शनिबार भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालसँग भेट गर्नेछन्। त्यस्तै विदेशमन्त्री डा. एस जयशंकरसंग भेट गर्नेछन्। नेपालमा राजदूत रहिसकेर हाल विदेश सचिव रहेका विनयमोहन क्वात्रासँग पनि भेटघाट गर्नेछन्। शनिबारै प्रचण्ड फाउन्डेसन फर पब्लिक अवेरनेस एन्ड पोलिसी नामक संस्थाद्वारा आयोजित नेपाल भारतसम्बन्धी सेमिनारमा प्रमुख वक्ताको रूपमा सहभागी हुनेछन्।

शनिबार विदेशमन्त्री जयशंकरले प्रचण्डको सम्मानमा दिने रात्रिभोज आयोजना गर्नेछन्। रात्रिभोजमा भारत सरकारका शीर्ष मन्त्रीहरूसँग भेट हुनेछ। भ्रमणको तेस्रो दिन प्रचण्डका लागि महत्तवपूर्ण हुनेछ। आइतबार प्रचण्डले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट गर्नेछन्। प्रधानमन्त्री निवास सेभेन रेसकोर्समा ब्रेकफास्टसँगै मोदीसँग भेटवार्ता हुने बताइएको छ।

Tags

छुटाउनु भयो कि ?