आदिकवि भानुभक्त आचार्यको २०९ औ जन्म जयन्तीको सन्दर्भ पारी एक ऐतिहासिक भानुभक्त सम्बन्धी भिडियो सार्बजनिक भएको छ ।‘भानुभक्त’ बोलको गीतमा सञ्चमान राईको शब्द रहेको गीतमा किरण गजमेरको स्वर छ । गीतमा विश्वास गुरुङको संगीत छ । गीतका शब्द सन्चमान राइले लेख्नु भएको हो ।
गीतको भिडियोमा भने कमल सिंहले अभिनय गर्नुभएको छ । उत्सव दाहालको छायांकन रहेको भिडियो प्रकाश धितालले निर्देशन गर्नुभएको हो । भिडियोको एसोसिएट डाइरेक्टरको रूपमा लोकराज अधिकारी रहनुभएके छ । लोकराजले भिडियोमा पनि अभिनय गर्नुभएको छ ।
विसं १८७१ असार २९ गते तनहुँमा जन्मिनु भएका भानुभक्त आचार्य नेपाली साहित्यमा आदिकविको रूपमा परिचित हुनुहुन्छ । आचार्यको विसं १९२५ असोज ६ गते मृत्यु भएको थियो । आदिकवि आचार्यको जीवनीका बारेमा सोधपत्र तयार गर्न काठमाडौंबाट तनहुँ पुगेका एक युवाले के(के पाए भन्ने विषयमा भिडियो तयार गरिएको छ ।