प्रतिनिधि सभाको उपसभामुख पदका लागि सत्तारुढ गठबन्धनबाट नेपाली कांग्रेसकी सांसद पुष्पा भुसालले मनोनयन दर्ता गराएकी छन् । संघीय संसद् भवन नयाँ बानेश्वरमा पुगेर उनले उपसभामुखको उम्मेदवारी दर्ता गराएकी हुन्। उनको प्रस्तावकमा नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक देवप्रसाद गुरूङ र समर्थकमाा नेकपा (एकीकृत समाजवादी) का लक्ष्मीकुमारी चौधरी छन्। मनोनयनपछि आजै दिउँसो १ बजे उम्मेदवारको सूची प्रकाशन गर्ने कार्यसूची रहेको छ । उपसभामुख चयनका लागि भोलि दिउँसो ३ बजेबाट मतदान हुनेछ।
ONS Times Pvt. Ltd.
Gaushala, Ktm, Nepal
+977-9803127375 - +977-9851177880
onstimes@gmail.com
- प्रकाशक/सम्पादक : Regd No. 240110-075/076
- कार्यकारी निर्देशक : प्रकाश पुरी
- प्रधान सम्पादक : सुमित रजक
- सञ्चार रजिस्ट्रार को कार्यालय , बागमती प्रदेश : ०००४२-७५/७६