टप खबर

आज नेप्से परिसूचक अंक बढेको छ

Lumbinikhabar Online

आज नेप्से परिसूचक ५९.५४ अंकले बढेर १९८६.८२ विन्दुमा अडिएको छ। नेप्से बढेसँगै मंगलबारको तुलनामा कारोबार रकम पनि वृद्धि भएको छ। बुधबार २ अर्ब बढीको सेयर कारोबार भएको छ। मंगलबार ११.६८ अंकले बढेको सेयर बजारमा १ अर्ब ७० करोड बराबरको सेयर कारोबार भएको थियो। यसदिन २२५ कम्पनीको ५७ लाख ८७ हजार १२६ कित्ता सेयर २ अर्ब  ४ करोड ४४ लाख ४३ हजार ७ रुपैयाँको सेयर कारोबार भयो। सेन्सेटिभ इन्डेक्स पनि १२.४२ अंकले बढेर ३८१.३७ विन्दुमा पुगेको छ। दोहोरो अंकले बढेको सेयर बजारमा आज २ कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढ्यो भने ९ कम्पनीको ९ प्रतिशत बढीले मुल्य बढ्यो।

नेपाल फाइनान्स र रिलायन्स फाइनान्सको सेयर मूल्य १० प्रतिशतले बढेको हो। कारोबारमा आएका १३ वटै समूहको सूचक बढेको छ। यसदिन फाइनान्स समूहको सूचक सर्वाधिक ६.९६ प्रतिशतले बढ्यो। यस्तै डेभलपमेन्ट बैंकको ६.२५ प्रतिशतले बढ्यो। ट्रेडिङ समूहको सूचक ५.३९ प्रतिशतले बढ्दा हाइड्रो पावरको ४.७१ र अदर्शको ४.७२ प्रतिशतले सूचक उकालो लाग्यो। इन्भेस्टमेन्टको ३.८७, माइक्रो फाइनान्सको ३.३१ र होटल्स एन्ड टुरिजमको ३.७९ प्रतिशतले सूचक बढ्यो। कारोबार रकमका आधारमा यसदिन शिवम् सिमेन्ट शीर्षस्थानमा रह्‍यो। सो कम्पनीको ९ करोड २ लाख बढी मूल्यको सेयर कारोबार भयो। यस्तै  ८ करोड ३ लाखको सेयर कारोबार गरी एनआईसी एसिया बैंक दोस्रो स्थानमा रह्यो।

Tags

छुटाउनु भयो कि ?