प्रतिनिधिसभाकोे उपसभामुख पद लोकतान्त्रिक समाजवादीले पाउने भएको छ । विगत चार महिना देखि रिक्त रहेको पदमा यही शुक्रबार निर्वाचन हुने भएको छ । संसद सचिवालय श्रोतले दिएको जानकारी अनुसार सभामुख अग्नि सापकोटाले आजको संसद बैठकमा उपसभामुख चयनको कार्यतालिका सार्वजनिक गर्ने भएका छन् । संविधान अनुसार उपसभामुख विपक्षी दलबाट हुनुपर्ने व्यवस्था रहेको छ । जसअनुसार प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच उपसभामुख महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी ९लोसपा० लाई उपसभामुख दिने सहमति भइसकेको बुझिएको छ । तत्कालीन सभामुख शिवमाया तुम्बाहाम्फेले उपसभामुख पदबाट राजीनामा दिएपछि उक्त पद रिक्त रहेको छ ।
ONS Times Pvt. Ltd.
Gaushala, Ktm, Nepal
+977-9803127375 - +977-9851177880
onstimes@gmail.com
- प्रकाशक/सम्पादक : Regd No. 240110-075/076
- कार्यकारी निर्देशक : प्रकाश पुरी
- प्रधान सम्पादक : सुमित रजक
- सञ्चार रजिस्ट्रार को कार्यालय , बागमती प्रदेश : ०००४२-७५/७६