कार्यक्रम

मिस्टर एण्ड मिस एसईई २०२२ को उपाधि प्राप्ती र अनिमेशलाई

Lumbinikhabar Online

काठमाण्डौं । फेशन ईराद्धारा आयोजित मिस्टर एण्ड मिस एसईई २०२२ को उपाधि प्राप्ती शिल्पकार र अनिमेश यादवले जितेका छन् । प्राप्तीले महिला स्पर्धामा उपाधि हात पार्दा अनिमेशले भने पुरुष बीचको स्पर्धामा सर्वोकृष्ट बन्दै विजेता घोषित भएका हुन् । प्राप्ती र अनिमेशले शिर्ष उपाधि जित्दा सारिका प्रजापती र धिरेन्द्र यादवले फस्र्ट रनर अपको उपाधि आत पारे । त्यस्तै प्रतियोगितामा सृजा नेपाल र केमोन मगर सेकेण्ड रनर अपको टाईटल जित्न सफल रहे । त्यसैगरि, मलिना दाहाल र सुजन गिरीले अर्गनाईजर च्वाईसको उपाधि प्राप्त गरे भने रोशनी खप्तरी मगरले ईन्टरनेशनल टिन अफ द ईयर, नेपाल २०२२, मलिना दाहालले मिस प्रि टिन ईन्टरनेशनल नेपाल, २०२२ को उपाधि हासिल गरे । आयोजक संस्था फेशन ईराका आनन्द सिंहले विजेताहरुले थाईल्याण्डमा हुने अन्तराष्टिय शोमा भाग लिन पाउने जानकारी दिए । प्रतियोगिताका शिर्ष विजेताहरुले नगद, फोटो शुट, भिडियो शुट, गिफ्ट हाम्पर र गिफ्ट भौचर सहित कुल १२ लाख बराबरको सुविधा प्राप्त गर्ने पनि उनले बताए ।

Tags

छुटाउनु भयो कि ?