टप खबर

आज दिउँसो देशको विभिन्न चारवटा प्रदेशमा भारी वर्षाको सम्भावना

Lumbinikhabar Online

आज दिउँसो देशको विभिन्न चारवटा प्रदेशमा भारी वर्षाको सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाकाअनुसार बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका एक-दुई स्थानहरुमा भारी वर्षाको सम्भावना देखिएको हो।

प्रदेश नं १ र बाग्मती प्रदेशको पहाडी भू-भागलगायत गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरूमा र बाँकी भू-भागका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। आज राती भने देशभरको मौसम आंशिकदेखि सामान्य बदली रहने विभागको अनुमान छ। देशका पहाडी भू-भागका केही स्थानहरुमा र बाँकी भू-भागका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।

Tags

छुटाउनु भयो कि ?