टप खबर

पत्रपश्न हुबहु मिलेको विषयमा छानबिन गर्न त्रि वि ले समिति बनाएको छ

Lumbinikhabar Online

बीबीए छैटौं सेमेस्टरको पत्रपश्न हुबहु मिलेको विषयमा छानबिन गर्न त्रिभुवन विश्वविद्यालयले उच्चस्तरीय समिति बनाएको छ । २२ असारमा एमजीटी २०३ः अर्गनाइजेशनल बिहेभियर विषयको प्रश्नपत्र मोर्डन नेपाल कलेजले आन्तरिक परीक्षाका लागि लिएको प्रश्नपत्रसँग हुबहु मिलेको थियो । यस्तै एसओसी २०२o नेपलिज सोसाइटी एण्ड पोलिटिक्स विषयको प्रश्नपत्र भने अघिल्लो वर्षको प्रश्नपत्रसँग हुबहु मिलेपछि विरोध भएको थियो । त्रिवि व्यवस्थापन संकायका डीन प्रा. डा. डिल्लीराज शर्माले आइतबार विज्ञप्ति जारी गर्दै परीक्षा सञ्चालन तथा व्यवस्थापनमा देखिएको समस्या तथा कमजोरीको अध्ययन गर्न छानबिन समिति बनाएको जानकारी दिएका छन् ।

Tags

छुटाउनु भयो कि ?