टप खबर

श्रीलंकामा राष्ट्रपति गोटाबाया राजापाक्षेले सरकारी निवास छाडे

Lumbinikhabar Online

श्रीलंकामा प्रदर्शनकारीले कब्जा गरेपछि राष्ट्रपति गोटाबाया राजापाक्षेले सरकारी निवास छाडेका छन् । प्रदर्शनकारीले राष्ट्रपतिको राजीनामा माग गर्दै सरकारी निवास कब्जा गरेपछि उनले निवास छाडेका सुरक्षा स्रोतलाई उधृत गर्दै भारतीय सञ्चार माध्यम टाइम्स अफ इन्डियाले समाचार लेखेको छ । प्रदर्शनकारी राष्ट्रपति भवनभित्र प्रवेश गरेका छन् । श्रीलंका प्रहरीले शनिबार राति ९ बजेपछि कर्फ्यु घोषणा गरेको छ । पश्चिमी प्रान्तको विभिन्न प्रहरी कार्यालयहरुले आफ्नो क्षेत्रभित्र कर्फ्यु घोषणा गरेका हुन् । प्रहरीले कर्फ्यु उल्लंघन गर्नेमाथि कडा कारबाही गर्ने बताएको छ ।

Tags

छुटाउनु भयो कि ?