टप खबर

बाजुराको बुढीगंगा नगरपालिका मतगणनामा मेयर र उपमेयर पदमा एमाले अगाडी

Lumbinikhabar Online

बाजुराको बुढीगंगा नगरपालिकाको नेतृत्व चयनका लागि भएको पुनः निर्वाचनको मत गणना जारी छ। २७ सय ४० मतगणना हुँदा मेयर र उपमेयर पदमा एमालेले अग्रता लिइरहेको छ।

अहिलेसम्मको मतपरिणाम अनुसार मेयर पदमा एमालेका उम्मेदवार रामबहादुर बानियाँले १५९२ मत ल्याएका छन् भने यसपछि कांग्रेसका उम्मेदवार रंगबहादुर खातीले ९९० मत पाएका छन्।

यसैगरी उपमेयर पदमा पनि एमालेकै उम्मेदवार अगाडि छन्। जसअन्तर्गत एमालेकी उम्मेदवार मायाकुमारी खड्काले १५५७ मत ल्याउँदा दोस्रोमा कांग्रेसकी उम्मेदवार रीता शाहीले १०१० मत पाएकी छन्।

Tags

छुटाउनु भयो कि ?