काठमाडौं महानगरपालिकाको आगामी आर्थिक वर्षको बजेट संशोधनसहित पारित भएको छ। महानगर प्रमुख बालेन्द्र शाहले आगामी आर्थिक वर्षको बजेट संशोधनसहित सर्वसम्मतिले पारित भएको घोषणा गरेका हुन्। शुक्रबार बसेको महानगरको नगरसभामा सदस्यहरुले सुझाव पेस गरेका थिए। उनीहरुले फोहोरमैला व्यवस्थापन, ढल व्यवस्थापन, वृद्धभत्ता, सडक लगायतका विषयमा कुरा उठाएका थिए। काठमाडौं महानगरपालिकाले गत असार १० गते २५ अर्ब ४१ करोड ९६ लाख ९६ हजार रुपैयाँ विनियोजन गरेको थियो।
ONS Times Pvt. Ltd.
Gaushala, Ktm, Nepal
+977-9803127375 - +977-9851177880
onstimes@gmail.com
- प्रकाशक/सम्पादक : Regd No. 240110-075/076
- कार्यकारी निर्देशक : प्रकाश पुरी
- प्रधान सम्पादक : सुमित रजक
- सञ्चार रजिस्ट्रार को कार्यालय , बागमती प्रदेश : ०००४२-७५/७६