राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार तीन देशका लागि नेपाली राजदूत नियुक्त गरेकी छन् । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले ओमान, साउदी अरेबिया र श्रीलंकाका लागि नेपाली राजदूत नियुक्त गरेकी हुन् । ओमानका लागि नेपाली राजदूतमा डोरनाथ अर्याल, साउदी अरेबियाका लागि नेपाली राजदूतमा नवराज सुवेदी र श्रीलंकाका लागि नेपाली राजदूतमा वासुदेव मिश्र नियुक्त भएको राष्ट्रपति कार्यालयले जनाएको छ ।
ONS Times Pvt. Ltd.
Gaushala, Ktm, Nepal
+977-9803127375 - +977-9851177880
onstimes@gmail.com
- प्रकाशक/सम्पादक : Regd No. 240110-075/076
- कार्यकारी निर्देशक : प्रकाश पुरी
- प्रधान सम्पादक : सुमित रजक
- सञ्चार रजिस्ट्रार को कार्यालय , बागमती प्रदेश : ०००४२-७५/७६