टप खबर

कला, संगीत र नाट्य क्षेत्रको लागि सहयोग गर्न सरकार तयार: प्रधानमन्त्री देउवा

Lumbinikhabar Online

प्रधानमन्त्री शेरबहादुर देउवाले कला, संगीत र नाट्य क्षेत्रको प्रवद्र्धनका लागि आवश्यक सहयोग गर्न सरकार तयार रहेको बताएका छन् ।नेपाल संगीत तथा नाट्य प्रतिष्ठानको १२ औं प्रज्ञासभाको सोमबार काठमाडौंमा उद्घाटन गर्दै उनले कलाकार र सर्जक राष्ट्रिय गहना तथा सम्पदा भएको बताए । प्रधानमन्त्री देउवाले कला, संगीत र नाट्य क्षेत्रको विकासका मुलुकले कलाकार र सर्जकलाई अधिकतम सहयोग गर्नुपर्छ भन्नेमा सरकार सचेत रहेको बताए । ‘कला, संगीत र नाट्य क्षेत्रको विकासका लागि सरकारले के गर्नुपर्छ ? त्यसका लागि आवश्यक सहयोग उपलब्ध गराउन सरकार तयार छ,’ उनले भने ।

Tags

छुटाउनु भयो कि ?