रामेछापको लुभुघाटमा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या १३ पुगेको छ । घटनास्थलमा ९ जना र उपचारका क्रममा धुलिखेल अस्पतालमा ४ जना गरी १३ जनाको मृत्यु भएको हो । उपचारका लागि धुलिखेल अस्पताल ल्याइका २४ जनामध्ये ४ जनाको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेका डीएसपी हरि खतिवडाले जानकारी दिए । अस्पतालमा उपचारका क्रममा मृत्यु हुनेमा सुनापति गाउँपालिका–५ का ३४ वर्षीय खड्कबहादुर विक र अन्य दुई जना पुरुष र एक जना महिला छन् ।
ONS Times Pvt. Ltd.
Gaushala, Ktm, Nepal
+977-9803127375 - +977-9851177880
onstimes@gmail.com
- प्रकाशक/सम्पादक : Regd No. 240110-075/076
- कार्यकारी निर्देशक : प्रकाश पुरी
- प्रधान सम्पादक : सुमित रजक
- सञ्चार रजिस्ट्रार को कार्यालय , बागमती प्रदेश : ०००४२-७५/७६