प्रतिनिधिसभामा प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले इनफ इज इनफको नारा लगाएका छन् । बजेट निर्माणमा अनधिकृत व्यक्ति सहभागी भएको र निश्चित घरानालाई लाभ हुने गरी करका दरहरु हेरफेर गरेको भन्दै उनले यसबारे छानबिन गर्न संसदीय समिति बनाउन माग गरेका छन् । सोमबार संसदलाई डेढ घण्टा लामो सम्बोधन गरेका एमाले अध्यक्ष ओलीले बजेट निर्माणका क्रममा देशकै विरुद्ध अपराध भएको बताए । विचौलिया राखेर बजेट बनाउने पनि स्वीकार गर्ने हो भने नजिर बस्ने भन्दै उनले भने, ‘त्यही स्थापित गरेर जाने हो भने यो देशको अर्थतन्त्र के होला ? त्यससम्बन्धमा तत्काल संसदीय छानबिन समिति गठन गरेर अगाडि जानुपर्यो ।’
ONS Times Pvt. Ltd.
Gaushala, Ktm, Nepal
+977-9803127375 - +977-9851177880
onstimes@gmail.com
- प्रकाशक/सम्पादक : Regd No. 240110-075/076
- कार्यकारी निर्देशक : प्रकाश पुरी
- प्रधान सम्पादक : सुमित रजक
- सञ्चार रजिस्ट्रार को कार्यालय , बागमती प्रदेश : ०००४२-७५/७६