कार्यक्रम

‘द नेशनल डिजाईनर रनवे’ आयोजना हुने

Lumbinikhabar Online

काठमाण्डौं । सौन्दर्य प्रतियोगिता तथा ईभेन्ट मेनेजमेन्टको क्षेत्रमा आफ्नो उत्कृष्ट छवि बनाएको मोडल सङ्ग्स नेपालको आयोजनामा नेपालमै पहिलोपटक राष्ट्रिय स्तरको फेशन डिजाईनर लक्षित ‘द नेशनल डिजाईनर रनवे’ आयोजना हुने भएको छ । बिहीबार एक बिज्ञप्ती जारी गर्दै आयोजक मोडल सङ्ग्स नेपालले ‘द नेशनल डिजाईनर रनवे’ को आवेदन फारम खुल्ला भएको जनाएको हो ।

आफूले सिकेको सीपलाई कलाको माध्यमबाट प्रस्तुत गर्दै फेसन डिजाईनिङ क्षेत्रमा आफूलाई अब्बल सावित गर्न प्रतियोगितामा सहभागिताको लागि फेसन डिजाइनिङ सम्बन्धी प्रशिक्षण लिएका ÷ लिदै गरेका विद्यार्थीहरु तथा फेसन डिजाईनिङ÷बुटिक सम्बद्ध ईच्छुक प्रतिस्पर्धीले आफ्नो आवेदन फाराम भर्न सक्ने आयोजकले जनाएको छ ।

आयोजक संस्थाका सिईओ डेविल सिंह राजपुतले फेशन डिजाईन क्षेत्रको प्रवद्र्धन तथा पेशाकर्मीको व्यवसायिकता विकास गर्न प्रतियोगिता आयोजना गर्न लागिएको बताएका छन् ।

राजपुतले प्रतियोगिताका उत्कृष्ट विजेताले शिर्ष उपाधीसहित नगद रु ५० हजार, द्वितीयले ३० हजार र तृतीय हुनेले २० हजारसँगै अन्य विभिन्न आकर्षक उपहार प्राप्त गर्ने जानकारी समेत दिए । त्यसैगरी ‘द नेशनल डिजाईनर रनवे’ को उत्कृष्ट १० भित्र रहन सफल हुने प्रतिस्पर्धीहरुले आफुले तयार गरेका फेशन डिजाईन थाईल्याण्डमा हुने ’ग्लोवल फेशन रनवे’ को स्टेजमा प्रस्तुत गर्ने अवसर प्राप्त गर्ने उनले बताए ।

पछिल्लो समय फेशन डिजाईनिङ क्षेत्र हरेक व्यक्तिको लागि अपरिहार्य जस्तै भैसकेको हुँदा नेपाली फेशन डिजाईन सम्बद्द व्यवसायलाई राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रमा पु¥याउन तथा सौन्दर्यकर्मीहरुको पेशालाई सम्मान गर्दै उनीहरुको काममा निखारता ल्याउने र व्यक्तित्व विकासमा टेवा पुग्ने विश्वास लिएको आयोजकको भनाई छ । नेपालमा बढदै गईरहेको फेशन डिजाईनप्रतिको लगावलाई व्यवस्थित र व्यावसायिक बनाउन प्रतियोगिताले सहयोग गर्ने साथै सम्पूर्ण प्रतिस्पर्धीहरुको मनोबललाई उच्च बनाई फेशन डिजाईन सम्वद्द व्यवसायलाई उद्योगको रुपमा स्थापना गर्न समेत यस्ता कार्यक्रमले सहयोग पुग्ने आयोजकले दाबी छ ।

Tags

छुटाउनु भयो कि ?